spot_imgspot_imgspot_img
Home प्रमुख समचार मत माग्न जनताको घरदैलोमा रास्वपा उम्मेदवार नरेन्द्र गुप्ता

मत माग्न जनताको घरदैलोमा रास्वपा उम्मेदवार नरेन्द्र गुप्ता

Social Media Sharing

परासी, ५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र कुमार गुप्ता यतिबेला घरदैलोमा व्यस्त देखिएका छन् । आफना कार्यकर्ता सहित उम्मेदवार नरेन्द्र गुप्ता मत माग्न जनताको घरदैलोमा पुगी रहेका छन् । देशमा परिवर्तन र भ्रष्टाचार उन्मुलनका लागि रास्वपा काम गर्ने भन्दै घरदैलोमा पुगी रहेका उम्मेदवार नरेन्द्र गुप्ता मतदाता फकाउने काममा लागी परेका छन् ।

लामो समयदेखि सत्तामा पहुँच राखेका पार्टी कांग्रेस, एमाले, माओबादी, राप्रपा मधेशवादी दल लगायतका मुख्य दलहरुले जनताको चाहना र भावना अनुसार कान नगरेको कोटयाउदै रास्वपा जनताको चाहना र भावना अनुसार काम गर्ने मतदाताहरुलाई विस्वास दिलाउनु भयो ।

सोमबार र आज मंगलबार सुनवल नगर क्षेत्रमा मतदाता भेटघाटको क्रममा उम्मेदवार गुप्ताले देशमा सुशासन काम गर्ने र देशको विकासका लागि काम गर्ने पार्टी रास्वपा रहेको दावी गर्दै चुनावमा रास्वपालाई मतदान गर्न मतदाताहरुमा आग्रह गर्नु भयो । घरदैलोमा घण्टी प्रति मतदाताको आकर्षण बढदै गएको छ । घरदैलो कार्यक्रममा पार्टीका जिल्ला उसभापति रबि पाण्डे लगायतका कार्यकर्ताहरुको उपस्थिती रहेको छ ।