परासी, ९ फागुन । नवलपरासीबाट बि.स २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका मदन लाल पौडेलले नेपाली काङ्ग्रेसका उम्मेदवार भिम बहदुर थापालाई (भरत थापा) समर्थन गर्न संकेत गरेका छ्न । राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासी पश्चिमको पुर्व जिल्ला संयोजक समेत रहेका मदन पौडेल (राज) प्रत्यक्ष तर्फको मत भरत थापालाई दिने संकेत जनवरी २८ तारिखमा आफ्नो फेसबुकमा स्टेटस लेखेर सार्वजनिक गरेका थिए । उनले हाम्रो होईन राम्रो रोजौं भनि संकत गरेका थिए ।
मदन पौडेल नवलपरासी जिल्लाको निर्वाचन क्षेत्र २ मा दाइ काङ्ग्रेस र भाइ काङ्ग्रेस रोज्नु पर्दा दाइ काङ्ग्रेस रोज्न उप्युक्त लागेको पोस्ट्याएका थिए । दाइ काङ्ग्रेस भनेको काङ्ग्रेसका उम्मेदवार भरत थापा हुन भने भाइ काङ्ग्रेस भनेको काङ्ग्रेस पार्टी छोडी रास्वपाका उम्मेदवार बनेको नरेन्द्र कुमार गुप्ता रहेको संकेत गर्दछन् । पार्टीले जिल्ला कार्यकर्ताको भागको टिकट खोसेर कांग्रेसका पुर्व क्षेत्रिय सभापति नरेन्द्र कुमार गुप्तालाई उम्मेदवार बनाएकोमा उनको आपत्ति देखिन्छ । त्यस्तै क्षेत्र नंं १ मा पनि कांग्रेसका प्रदेश महामन्त्री विक्रम खनाललाई उम्मेदवार बनाएको छ । यि दुबै नेताले आफनो पार्टी छोडी रास्वपाका उम्मेदवार छन् ।
मदन पौडेल २०७९ सालको नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका रास्वपाका उम्मेदवार भई चुनाब लडेर ५५३१ मत प्राप्त गरेका थिए । त्यस्तै क्षेत्र नंं १ मा महेन्द्र सेन ठकुरी उम्मेदवार थिए । मदन र महेन्द्र सेन ठकुरी सहित केही कार्यकर्ताहरुले नै जिल्लामा रास्वपाको पहिचान गराई पार्टीको संगठन बिस्तारमा काम गरेका थिए तर टिकट बितरणमा पार्टीले जिल्ला कार्यकर्ताको भावना विपरित फरक दलका मान्छेलाई उम्मेदवा बनाएपछि मदन सहित केही कार्यकर्ताको असन्तुष्टि रहेको उनको फेसबुक पोष्टले दर्शाउछ ।
त्यसैगरि रास्वपा जिल्ला सभापति महेन्द्र सेन ठकुरीका भाई रास्वपा सुस्ता गाउँपालिका उपसभापति ले रास्पा छोडेका छन्

