spot_imgspot_imgspot_img
Home स्थानिय समचार सय सिट पार गराउने लक्ष्यका साथ काङ्ग्रेस अघि बढेको छ : विनोद...

सय सिट पार गराउने लक्ष्यका साथ काङ्ग्रेस अघि बढेको छ : विनोद चौधरी

Social Media Sharing

परासी,१२ फागुन । नेपाली काङ्ग्रेसका तर्फबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले नजिकिरहेको निर्वाचनमा काङ्ग्रेस सय सिट पार गर्ने उदेश्य अनुरुप अघि बढेको बताए ।बदलिएको काङ्ग्रेस गगन थापाको नेतृत्वको स्थायी सरकारको अभिभारा बोक्ने गरी लागिरहेको उनले बताए ।

नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र नम्बर १ ले चुनावी प्रचार प्रसारका क्रममा सोमबार आयोजना गरेको बृहत र्यालीपछि प्रतापपुरको बेलाटारीमा आयोजित कोण सभामा बोल्दै चौधरीले बिगतका ३० महिनामा बर्षौ देखि रोकिएर बसेको बिकास निर्माणलाई सल्टाउने गरी तिव्र रुपमा बिकासको प्रकृया प्रारम्भ भएको उल्लेख गरे ।३० महिनाको अवधिमा सबै काम पूरा हुन नसक्ने बताउदै उनले सो अवधिमा दुरगामी महत्व बोकेका आयोजना हरु अघि सारेको बताए ।शिक्षा स्वास्थ्य पुर्वाधारको जग तयार हुनुका साथै दक्ष जनशक्ति उत्पादनका लागि युवा लक्षित कयौ तालिमहरु सञ्चालन भएको उनले बताए ।पछिल्लो समय बर्दघाट नगरपालिका स्वास्थ्य क्षेत्रमा यो क्षेत्रकै हवको रुपमा बिकास भैरहेको उल्लेख गरे ।पार्टीले जारी गरेको प्रतिज्ञा पत्रले मुलुकले सामाजिक क्षेत्रमा ठुलै फड्को मार्ने सन्देश दिएको उनको भनाई छ ।

कोण सभामा आफ्ना धारणा राख्दै नेपाली काङ्ग्रेसका नेता पुर्व गृहराज्य मन्त्री निर्वाचन कमान्डर देवेन्द्र राज कन्डेलले नेपाली काङ्ग्रेसको शक्तिलाई एक भएर अगाढी बढाउने उद्घोष गर्दै फागुन २१ मा नेपाली काङ्ग्रेसको पक्षमा नजिता आउने दावी गरे ।गगन थापाको भिजनलाई मुर्त रुप दिनका लागि र यो देशलाई नै नयाँ दिशा तर्फ लैजानका लागि काङ्ग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउन उनले आह्वान गरे ।यस क्षेत्रका उम्मेदवार बिनोद चौधरी मुलुककै ब्राण्ड भएकाले मतदताले चौधरीलाई जिताएर उनको क्षमतालाई यश क्षेत्रको बिकासमा प्रयोग गर्न सक्नु पर्नेमा जोड दिए ।यो क्षेत्रमा अघि सारिएका बिकास निर्माणका योजनाले आगामी दिनमा मुर्तता पाउने उनले बिश्वास ब्यक्त गरे ।

नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट टिकट नपाएपछि केही समय असन्तुष्ट देखिएका नेता कन्डेललाई काङ्ग्रेस केन्द्रले नवलपरासीका दुबै निर्वाचन क्षेत्रको कमान्डर तोकेपछी पार्टीका उम्मेदवारलाई जिताउन यतिबेला सक्रियताका साथ पार्टीको चुनाव प्रचारप्रसारमा खटिएका छ्न ।नेता कंडेलले बिगतका तितामिठा कुरालाई बिर्सिएर पार्टीलाई एक ढिक्का बनाई दुबै क्षेत्रका उम्मेदवारलाई जिताउने उद्घोष समेत गरेका छ्न ।

यसै गरी नेपाली काङ्ग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका मन्त्री देवकरण प्रसाद कलवार (सन्तुले)निर्वाचन क्षेत्र नम्बर १ नेपाली काङ्ग्रेसको “लाल किल्ला” भएको उल्लेख गरे।पछिल्लो समय नेपाली काङ्ग्रेस एक ढिक्का भएकाले काङ्ग्रेसलाई कसैले हराउन नसक्ने दावी गरे ।काङ्ग्रेस आज परिक्षाको घडिमा रहेकाले काङ्ग्रेसको जित सुनिश्चित भएको सावित गर्नु अपरिहार्य रहेको उनले बताए ।आयोजित मोटरसाइकल र्यालीको बृहत् सहभागीताले ठूलो सन्देश दिएकाले सबै कार्यकर्ताहरु निर्वाचनमा एक भएर लाग्न अनुरोध गरे ।

बर्दघाट नगरपालिका वडा नम्बर १४को चौपत्ताबाट सुरु भएको र्याली भुताहा भुजहवा कुडिया हुँदै बेलाटारी पुगि समापन भएको थियो ।र्यालीमा काङ्ग्रेसका हजारौ कार्यकर्ता सहभागी भएपछि ट्राफिक ब्यवस्थापन समेत हम्मे हम्मे परेको थियो ।र्यालीमा काङ्ग्रेसका प्रदेश सदस्य विश्वप्रेम पाठक ,जिल्ला सचिव कुलदिप आचार्य सह सचिवद्वय सन्तबहादुर गाहा,उमेश यादव,क्षेत्रीय सभापति मुकुल कुमार आचार्य लगायतको सहभागिता रहेको थियो ।