spot_imgspot_imgspot_img
Home प्रमुख समचार ५० दरका ४२ करोड थान नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङसँग सम्झौता

५० दरका ४२ करोड थान नोट छाप्न चाइना बैंक नोट प्रिन्टिङसँग सम्झौता

Social Media Sharing

 काठमाडौं , २६ कात्तिक। नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले यो दरका ४२ करोड थान नोट छपाइ गर्न चिनियाँ कम्पनी छनोट गरेको छ । केन्द्रीय बैंकले आह्वान गरेको बोलकबोलमा सबैभन्दा कम मूल्यमा बोल गरेको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको हो । उक्त कम्पनीले ५० दरको नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्ने छ । त्यसका लागि केन्द्रीय बैंकले उसलाई १ करोड ४ लाख २२ हजार अमेरिकी डलरमा करार गरेको हो । करार सम्बन्धी सम्झौता पनि बुधबार गरिएको केन्द्रीय बैंकले जनाएको छ ।