परासी, ३ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आफनो २१ आंै गाउँसभाबाट कुल ५१ करोडको बजेट ल्याएको छ । आज गाउँपालिकाको सभाहलमा संचालित २१ आंै गाउँसभाबाट कुल ५१ करोड, १२ लाख २ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा भएको गाउँसभामा गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंसारीले सो बजेट प्रस्तुत गर्नु भएको हो । 
प्रस्तुत बजेटमा चालु तर्फ ३२ करोड, २५ लााख ७२ हजार रुपैया बिनियोजन भएको छ भने पुँजीगत तर्फ १८ करोड, ८६ लाख ३० हजार रुपैया बिनियोजन गरिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार गौडले जानकारी दिनु भयो । गाउँसभामा गाउँपालिका अधयक्ष बैजु प्रसाद गुप्ताले आगामी आर्थिक वर्ष २०८३÷०८४ को निति तथा कार्यक्रमहरु प्रस्तुत गुर्न भएको थियो ।
बजेटमा कृषि, पुर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, विपद र सामाजिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंसारीले प्रस्तुत गरेको बजेटमा आन्तरिक आर्य तर्फ ८८ लाख ८४ हजार रुपैया आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै बजेटमा संघिय वित्तिय सामानिकरण अनुदान १ करोड, ३४ लाख, संघिय शसर्त अनुदानमा २१ करोड, ६ लाख, संघिय राजस्व बाँडफाँडमा ९ करोड ८० लाख रुपैया रहेको छ भने प्रदेश वित्तिय सामानिकरण अनुदानमा ७८ लाख ९० हजार, प्रदेश शसर्त अनुदान १ करोड ५ हजार, प्रदेश राजस्व बाँडफाँडमा १ करोड ७४ लाख १८ हजार, प्रदेश समपुरक अनुदानमा ७० लाख र गत आ.व को बैंक मौजदातमा ३ करोड ५० लाख रुपैया रहेको गाउँपाकिला लेखा अधिकृत संजय कुमार शर्माले जानकारी दिनु भएको छ ।

गाउँपालिले चालु आर्थिक बर्षको अहिलेसम्म भौतिक प्रगति कुल ९० प्रतिशत र वित्तिय प्रगति ६५ प्रतिशत हासिल गरिसकेको बताइएको छ । गाउँपालिकाले यो बजेट ल्याउन वडा÷ वडा तहमा जनप्रतिनिधि र कर्मचारीहरुलाई खटाई त्यहाँका स्थानियहरु भव्य उपस्थितीमा योजनाहरु तर्जुमा गरि बजेट कार्यक्रम ल्याइएको गाउँपालिका अधयक्ष बैजु प्रसाद गुप्ताले जानकारी दिनु भयो । पालिकाले प्रदान गर्ने सेवा र योनजाहरु प्रभावकारी बनाउन र यसवर्ष राम्रो प्रगति हासिल गरेकोमा गाउँपालका अध्यक्ष बैजु प्रसाद गुप्ताले कर्मचारीहरुलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा राम्रो छिटो सेवाहरु प्रवाह गर्न र समयमै योजना कार्यक्रमहरु सम्पन्न गराउन आवश्यक निर्देशन समेत दिनु भयो ।

