spot_imgspot_imgspot_img
Home प्रमुख समचार हाडजोर्नी तथा बोन क्यान्सरको उपचार र शल्यक्रिया परासीमै

हाडजोर्नी तथा बोन क्यान्सरको उपचार र शल्यक्रिया परासीमै

Social Media Sharing

परासी, २ भदौ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अर्थाेपेडिक तथा स्पाईनसम्बन्धी विशेषज्ञ सेवा शुरु भएको छ । हाडजोर्नी नशा तथा हाड सम्बन्धित क्यान्सर (बोन क्यान्सर) रोगको प्रभावकारी उपचारका लागि परासीमा उक्त विशेषज्ञ सेवा शुरु गरिएको हो । परासीमा संचालित अर्थाेपेडिक स्पेसलिस्ट क्लिनिकले उक्त सेवा संचालनमा ल्याएको अर्थाेपेडिक स्पेसलिस्ट डाक्टर विजय कुमार गुप्ताले आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको छ ।

सुविधासम्पन्न यस अर्थाेपेडिक मिनि हस्पिटलमा हाडजोर्नी तथा स्पाईन सम्बन्धी उपचार र शल्यक्रिया (अपरेशन) गर्ने गरिन्छ भने अबका दिनदेखि (बोन क्यान्सर) हाड सम्बन्धी क्यान्सरको शल्यक्रिया समेत गरि उपचार सेवा प्रदान गरिने डाक्टर विजय कुमार गुप्ताले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । यस क्लिनिकमा हात, खुट्टा, जोर्नी तथा अन्य हड्डी सम्बन्धी समस्याहरुको उपचार गरिनुका साथै आवश्यक औषधी वितरण र परामर्श समेतका सेवाहरु प्रवाह गरिदै आइएको डाक्टर गुप्ताले जानकारी दिनु भयो । डाक्टर गुप्ता हाडजोर्नी तथा स्पाईन सम्बन्धी विशेषज्ञ हुन भने बोन क्यान्सर सर्जन पनि हुन् ।

हाडजोर्नी तथा हाड सम्बन्धी क्यान्सरको प्रभावकारी उपचार र शल्यक्रिया परासीमा नहुदाँ विरामीहरु बुटवल, भैरहवाँ, चितवन र काठमाडौ जानु पर्ने बाध्यता रहदै आएकोमा अब ति विरामीहरु आफनै गाउँठाउँ परासीमै उपचार सेवा लिन पाउने भएका छन् । बोन क्यान्सरको उपचारका लागि चितवन र काठमाण्डौ महिनौ पालो कुर्नु पर्ने अवस्था थियो तर अब यहि बोन क्यान्सरको शल्यक्रिया गरि उपचार सेवा प्रदान गर्ने डाक्टर गुप्ताले सम्मेलनमा जानकारी दिनु भयो ।

हातखुट्टा तथा शरिरका कुनै पनि अंगमा हड्डी भाँचिएर विशेषज्ञ डाक्टर बाहेक अन्य स्वास्थ्यकर्मीहरु संग सेवा लिदा धेरै विरामीहरुको केस विग्रीने गरेको पाईन्छ । यस्तो अवस्थामा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरबाट मात्र उपचार सेवा लिन जनताहरुलाई डाक्टर गुप्ताले आग्रह गर्नु भयो । आफुँले चितवन मेडिकल कलेजमा अर्थाे सर्जन पढेर क्यान्सर अस्पताल चितवनमा फेलोशिप गरेर चिकित्सा क्षेत्रमा निकै अनुभव बटुलेको चिकित्सिक रहेको जिकिर गर्नु भयो । हाड सम्बन्धी क्यान्सरको शल्यक्रिया निकै जटिल हुने गर्दछ जसको शल्यक्रिया गर्ने डाक्टरहरु नेपालमै कम छन् जसमध्ये आफुँ एक रहेको बताउदै हाड सम्बन्धी क्यान्सरको शल्यक्रिया आफुँले यहिँ परासीबाटै गर्न अपरेशन थियेटर, बेड व्यवस्थापन, आधुनिक एक्सरे लगायतको मेकानिजनहरु तयार गरि सेवा दिन तयार रहेको पत्रकार सम्मेलनमा बताउनु भयो ।