spot_imgspot_imgspot_img
Home प्रमुख समचार सर्वाेत्तम सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्यो १ करोड ११...

सर्वाेत्तम सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्यो १ करोड ११ लाख बढि रकम

Social Media Sharing

परासी, २३ भदाै । सर्वाेत्तम सिमेन्टले बाढीपिडितहरुको राहत र उद्दारमा सहयोग पुग्ने गरि एक करोड ११ लाख बढि रकम सहयोग गरेको छ । सर्वाेत्तम सिमेन्ट लिमिटेड उद्योगले भोटेकोशी बाढीबाट पिडितहरुको राहत र उद्दारकामा सघाउनका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैया जम्मा गरेको छ । सिमेन्ट उद्योगका संचालक टोलीले अर्थमन्त्री स्वर्णिम वाल्ले मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा उक्त रकम जम्मा गरेको हो । यस रकमले बाढी प्रभावित र पिडितहरुको राहतमा ठुलो सहयोग पुग्ने उद्योगले विश्वास लिएको जनाएको छ ।


यस भन्दा अगाडी कोभिड महामारीमा पनि उद्योगले नगद तथा जिन्सी स्वास्थ्य किट र सामाग्रीहरु सहयोग गरेको थियो भने भुकम्पका बेलामापनि प्रभावितहरुका लागि कोष तथा विभिन्न क्षेत्रमा सहयोग गरेको उद्योगले जनाएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा स्थापित उद्योगले यस बाहेकको विभिन्न सामाजिक तथा सार्वजनिक क्षेत्रमा विभिन्न सहयोगहरु गर्दै आएको छ । उद्योग जनताको हित र महामारी तथा आपदविपतका बेलामा अग्रसर भई सहयोग गर्ने गरेको पाईन्छ ।