परासी,९ कातिक । सिद्धार्थ गौतमले प्रबज्या लिई बोधिको खोजी शुभारम्भ गरेको जिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपमेयर कल्पना हरिजनले अवलोकन भ्रमण गरेकी छिन् । यहिँ बर्ष नेपाल पर्यटन बोर्डले अनोमा प्रबज्या स्थल घोषणा पछि विभिन्न क्षेत्रको पनि चाँसो बढदै गएको र सोही क्रममा सिद्धार्थको जन्मस्थल भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपमेयर हरिजनले सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिइएको स्थानको अवलोकन गरेकी हुन् ।
सिद्धार्थ गौतमको जन्म र गृह त्याथ गरि आफ्ना राजसी पद परित्याग गरि प्रबज्या लिएर (बोधी) अर्थात ज्ञानको खोजी निस्केका थिए । बुद्धको मानविय रुपमा जन्म लिएको लुम्बिनी र बोधीको खोजका लागि औपचारिक रुपमा राजसी पद त्याग गरि ज्ञानको खोजीका लागि महाभिनिष्क्रमण लिएको यो अनोमाघाट दुबै सिद्धार्थको जिवनको महत्वपुर्ण स्थल भएको बताउदै उनले यो स्थानमा पहिलो पटक आएको बताएकी थिईन् । लुम्बिनी र अनोमाघाट बुद्धको जिवनका सबै भन्दा महत्वपुर्ण घटना हुने स्थान हुन्,उनले अनोमाघाटको बारेमा सुनेको तर सो स्थानमा आफु नपुगको बताएकी बताईन् । बुद्धसँग श्रद्धा राख्ने जो सुकैका लागि लुम्बिनी पछिको दोश्रो अनोमाघाटमा पुग्नु जिवनका लागि सुखद अवसर भएको बताएकी थिईन् । लुम्बिनी साँस्कृतिक नगरपालिकाले अनोमाघाटको प्रवद्र्धन गर्नमा अग्रसर हुने पनि बताएकी थिईन् ।
लुम्बिनीलाई विश्वसम्पदा सुचिमा युनेस्कोले राखे देखी संसारभरी चिनिदै आएको तर अहिले मात्र नेपाल पर्यटन बोर्डले आफ्नो घोषणा मार्फत अनोमाघाटलाई प्रबज्या स्थल(महाभिनिष्क्रमण) स्थलको रुपमा राष्ट्रिय पहिचान दिएको छ । यसको प्रचार प्रसार,पुर्वाधार निर्माण,साँस्कृति विकाससँगै यसलाई संस्थागत गरि विकास आवश्यक रहेको स्थानिय सन्तोष हरिजनले बताएको बताएका थिए । लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपमेयरको यस स्थानमा उपस्थितीले यो अनोमाघाटलाई थप उचाईमा पुर्याउने स्थानिय मुन्सि हरिजनले बताएका थिए । आवश्यक पुर्वाधार तँ बन्न सकेको छैन्,उनले भने,तर यसले पहिचान पाउदै गएको छ,यसमा हामी स्थानिय खुशी छौ ।

