spot_imgspot_imgspot_img
Home प्रमुख समचार नवलपरासी कारागार बाट भागेका कैदीबन्दी पाल्पाबाट पक्राउ

नवलपरासी कारागार बाट भागेका कैदीबन्दी पाल्पाबाट पक्राउ

Social Media Sharing

परासी, ९ कातिक । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनअन्तर्गत २४ गते नवलपरासी कारागारबाट फरार रहेका कैदीबन्दी पाल्पाबाट आइतबार पक्राउ परेका छन् । कारागार कार्यालय नवलपरासीमा लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कास्की पोखरा महानगरपालिका–२१, बस्ने २८ वर्षीय श्याम मगर भन्ने समिर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

गोप्य सूचनाको आधारमा आज बिहानै तिन बजेतिर प्रहरी चौकी प्रभास पाल्पाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रभासनजिकै निजकै ससुराली तानसेन नगरपालिका–१०, साडिखोलामा फेला पारी नियन्त्रणमा लिई कारागार कार्यालय पाल्पामा पठाइएको प्रहरीले जनाएको छ । पाल्पा प्रहरीले यसअघि दुई जना फरार कैदीबन्दीलाई पक्राउ गरी कारागार पठाइसकेको छ ।