spot_imgspot_imgspot_img
Home प्रमुख समचार पृथ्वीचन्द्र अस्पतालमा ईको सेवा र ईन्डोस्कोपी सेवा थपिदै

पृथ्वीचन्द्र अस्पतालमा ईको सेवा र ईन्डोस्कोपी सेवा थपिदै

Social Media Sharing

परासी, २७ कार्तिक । पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालले आफनो सेवा विस्तार गर्न लागेको छ । अस्पतालले विरामीहरुको सहज उपचारका लागि ईको सेवा र ईण्डोस्कोपी सेवा पनि थप्ने तयारीमा जुटेको छ । यि दुबै सेवा छिटै संचालनमा ल्याउन अस्पताल गृह कार्यमा लागको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

पृथ्वीचन्द्र अस्पतालले दावी गरेको स्वास्थ्य बिमा रकम समयमा नआएपछि खरिद गरिएको औषधी तथा स्वास्थ्य सामाग्रीहरुको भुक्तानीमा समस्या हुन थालेको छ । अस्पतालले गत आर्थिक बर्षमा विरामीहरुलाई स्वास्थ्य बिमा मार्फत दिएको उपचार सेवा बापतको कुल रकम ३ करोड ६२ लाख ९४ हजार ४४ रुपैया रहेको विहिवार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनि गरेको छ । जसमा स्वास्थ्य बिमा बोर्डबाट १ करोड ९० लाख ६२ हजार ६८२ रुपैया मात्र प्राप्त भएको छ भने १ करोड ७२ लाख ३१ हजार ३६२ रुपैया पाउन बाकी रहेको देखिन्छ । यता साउदेखि असोजसम्मको कुल २ करोड ९८ लाख ८५ हजार १५८ रुपैया बिमा रकम पाउने पर्ने तथ्याङ्क देखिएको छ । गत असारसम्ममा आउनु पर्ने रकम मध्ये ६६ लाख ७८२ रुपैया बिमा बोर्ड नदिने भनेपछि अस्पतालको थप चिन्त बनेको अस्पताल विकास समितिका अध्यक्ष जगदिस प्रसाद चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ । उहाँले, यि बिमा रकमहरु अस्पतालले समयमा नपाउँदा खरिद गरिएको औषधी, उपकरण र केमिकल लगायतका स्वास्थ्य सामाग्री विक्रेताहरुलाई भुक्तानी दिन ढिलाई भैरहेको जिकिर गर्नु भएको छ ।

पछिल्लो समयदेखि पृथ्वीचन्द्र अस्पतालको सेवा प्रभावकारी बन्दै गएको छ । हाल अस्पतालमा १२ जना विशेज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गरिदै आइएको छ । विशेषज्ञ चिकित्समा फिजिसियन ३ जना, सर्जन २ जना, महिला तथा प्रसुती रोग विशेषज्ञ ३ जना, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ १ जना, रेडियोलोजिस्ट १, बालबालिका विशेषज्ञ १ जना, आँखा रोग विशेषज्ञ १ रहेका छन् । त्यस्तै दन्त उपचार सेवाका लागि ३ जना मेडिकल अधिकृत छन् । यस लगायत ईमरजेन्सी सेवा र ओपिडी सेवाका लागि मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट, स्टार्फ नर्स, ल्याब टेक्निसियन, अहेव, अनमी लगायतका जनशक्तिहरु छन जुन जनशक्तिबाट उपचार सेवा प्रदान गर्न सहज रहेको निमित्त मेडिकल सुपरिटेण्डेट डाक्टर प्रकाश ढकालले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

अस्पतालमा नियमित उपचार सेवा संगै डायलासिस र सर्जरी सेवाहरु पनि प्रदान गरिदै आइएको छ । अस्पताले आफनो सेवा विस्तार गर्दै ईको सेवा र ईन्डोस्कोपि सेवा पनि थप्ने तयारीमा जुटेको अस्पतालका मेसु ढकालले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा नव निर्मित भवन र लिप्mटको बारेमा पनि जानकारी दिदै जिन्सी निरिक्षणका लागि डाक्टर किरण पाण्डेको संयोजकत्वमा ५ सदस्यि समिति गठन गरि जिन्सी निरिक्षणको कार्य पनि भईरहेको अध्यक्ष चौधरीले बताउनु भयो । अस्पतालमा बिग्रेको लिप्mट र एक्सरे मेसिन विग्रेको व्यापक गुनासो पछि ति दुबै बिग्रेको प्रस्ट पार्दै बनाउनका लागि आवश्यक पहल भैरहेको पनि जानकारी दिनु भयो ।