spot_imgspot_imgspot_img
Home प्रमुख समचार बाँधमा तटबन्ध निर्माणका लागि सुस्ताबासीको हारगुहार

बाँधमा तटबन्ध निर्माणका लागि सुस्ताबासीको हारगुहार

Social Media Sharing

परासी, १३ मंसिर । नारायणी नदीको बहाव परिवर्तन भई सुस्ता गाउँतिर फर्केपछि सुस्ताबासीको निद्रा उडेको छ । एतिहासिक भुमी सुस्ता अतिक्रमणको चपेटा संगै बर्षेनी बाढिको जोखिम पनि झेल्दै आएको छ । सुस्ताको उत्त तर्फ नारायणी नदीको बाँधमा २ किलोमिटर बढि क्षेत्रको अहिलेसम्म व्यस्थित तटबन्ध नभएका कारण गएको बर्षामा नदीको बाढीले सुस्ता गाउँ डुबेर नदीमै मिसिने खतरा सुस्तबासीलाई झस्कायोे । नदीको मुल धार सुस्ता बस्ती तर्फ फर्केपछि तटबन्ध बाकी रहेको बाँधमा बाढी ठोकिएर बाँध फुटने जोखिममा थियो तर सुस्तबासीहरु तत्काल बाँधलाई थप बलियो बनाउने रुखहरु नदीमा ढालेर कटान रोके भने बोरामा बालुवा भरेर बाँधको कटान रोक्न सफल भए । नदीको बाढीले सुस्ताको अस्तित्व नै मेटिने खतरा देखेपछि सुस्ताबासी तटबन्ध निर्माणका लागि सरकार संग हार गुहार गरिरहेका छन् ।

सुस्ताको ५ किलोमिटर बाँध मध्ये तटबन्ध हुन बाकी रहेको २ किलोमिटर बाँधमा तटबन्ध निर्माणका लागि संघिय मन्त्री, प्रदेशमन्त्री लगायतका सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराईरहेका छन् । यदि यो बर्ष तटबन्ध निर्माण भएन भने नदीको बाढीले बाँध कटान भई बाढी सुस्ताबस्तीमै पुग्ने सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खानको चिन्ता रहेको छ ।
विगतका बर्षहरुमा नदीको बहाव पश्चिम तर्फ थियो तर नदीले बहाव परिवर्तिन गरि पुर्व सरेपछि सुस्ताभुमि निशानामा परेको छ । विगतका बर्षहरुमा पुर्व जंगलबाट अलिअलि बाढी गाउँमा पस्ने र करिब दर्जन घरहरु डुबानमा पर्ने गर्दथ्यो तर अहिले बहावको सिधै निशाना सुस्ता बस्ती नै बनेको छ । एल आकारमा रहेको सुस्ता गाउँ पुरै नारायणी नदीले घेरिएको छ ।

३६ ढोका भएको त्रिवेणी ब्यारेज पुल करिब एक किलोमिटर होला तर नदी तल बढदै सुस्तासम्म आईपुग्दा २.५ किलोमिटर चौडा भईसकेको छ । नदीमा ठुलो बाढी आउँदा सुस्ता गाउँपालिका २ बनकट्टीदेखि वडा ५ पक्लिहवाँसम्म पश्चिम तर्फ अग्लो बाँध र ठोकरहरु निर्माण भएकै कारणले कुनै क्षति छैन तर यता सुस्तामा तटबन्ध सहितको अग्लो बाँध र ठोकरहरु नभएका कारण बाढी सुस्तामा पस्ने र बाँधका कटान समेत हुने गरेकोे सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवालले बताउनु भयो । उहाँले यसबर्ष तटबन्ध अतिनै आवश्यक भैसकेको छ अलि अलि भएको क्षेत्रमा बाढीले तटबन्ध भत्काएको छ भने तटबन्ध नभएको क्षेत्रमा बाँधको कटान समेत भएको उहाँले जिकिर गर्नु भयो ।

लामो समयदेखि बर्षायाममबाट बाढिले डुबानमा पर्दै आएको सुस्ता भुमीलाई जोगाउन एक मात्र विकल्प तटबन्ध सहितको बाँध निर्माण हो । एल आकारमा रहेको सुस्ता भुमीलाई जोगाउन २०७० सालदेखि नारायणी नदी व्यवस्थापन आयोजना चितवनले क्रमशः तटबन्ध सहितको बाँध निर्माण कार्य गर्दै आएको थियो तर केहिबर्षदेखि बजेटको अभाव देखाउदै उक्त कार्य रोकिएपछि सुस्ताबासीहरु थप चिन्तित बनेका छन् । कुल ५ किलोमिटर तटबन्ध र २१ वटा ठोकरहरु (स्पर्स) निर्माण गर्नुपर्नेमा हालसम्म दक्षिण पश्चिमतर्फबाट ३ किलोमिटर मात्र तटबन्ध तथा ७ वटा ठोकरहरु (स्पर्स) निर्माण गरिएको छ ।
सुस्ता भुमीलाई रक्षा गर्दै आएका सुस्ताबासीहरु विगत लामो समयदेखि बाढीले पिडित छन् । विगत बाढीले सुस्ता विस्थापित भए झै फेरि कुन बेला नदीमा ठुलो बाढी आएर सुस्ता गाउँनै बगाएर लैजाने चिन्ता सुस्ताबासीको मनमस्तिष्कमा बसीसकेको छ ।

सुस्ताको मुहार फेरिन राज्यले सुस्तामा लगानी बढाएको छ जसमा आरसीसी बाटो निर्माण भइसकेको छ भने बिजुली सप्लाईपनि भैसकेको छ । त्यस्तै सुस्तामा खानेपानी, जनता आवस, झोलुङ्गपुल लगायतको कार्यहरु पनि भैसकेको छ । अब सुस्तालाई जोगाउन तटबन्ध अति आवश्यक रहेकोले यस तर्फ सरकारले यसैबर्ष आवश्यक बजेट मार्फत तटबन्धको निर्माण कार्य शुरु गर्न आवश्यक देखिन्छ । ३ सय घरधुरी रहेको सुस्तामा खासगरि विपन्न परिवारका समुदायहरुको