spot_imgspot_imgspot_img
Home स्थानिय समचार लैगिँक हिँसा विरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

लैगिँक हिँसा विरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

Social Media Sharing

परासी, २३ मंसिर । जिल्लामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानकै क्रममा विभिन्न स्थानमा विभिन्न कार्यक्रम मनाईने गरिएको छ । अभियान अन्तरगत नै मंगलवार पाल्हीनन्दन गाउपालिकामा लैगिँकतामा आधारित हिँसाले महिला र बालबालिकाको पोषण अवस्थामा पार्ने प्रभावहरु सम्बन्धि अन्तरक्रिया गरिएको हो । उतm अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गाउपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना)ले समाजमा अहिले पनि लैगिँक विभेदका कारण बालबालिकामा खानपानमा गरिने भेदभावले पोषणमा प्रभाव पार्ने हुदा त्यसलाई जसैबाट हटाउन आग्रह गरेकी थिईन् ।

हेर्दा समान्य देखिने तथा परम्परागत रुपमा जडसुत्रको रुपमा रहेको छोरी मान्छेलाई जस्तो सुकै खानपान दिए पुग्ने तर छोरा मान्छेलाई विशिष्ट प्रकारको भोजन दिईने चलनले त्यसको असर पोषण क्षेत्रमा पार्ने गरेको सुनाएकी थिईन् । आफु उपाध्यक्षमा निर्वाचित भए देखी नै जातिय रुपमा लैगिँकताको सिकारमा परेका अल्पसँख्यक मुस्लिम तथा दलित लक्षित कार्यक्रमलाई प्राथमिकता दिई कार्यक्रम बनाई काम गर्ने गरेको बताएकी थिईन् । त्यसै गरि शारिरीक स्वरुपमा पनि अपाँगलाई प्राथमिकता र लैगिँकता भित्रको लैगिँकताको सिकार हुने महिला,महिला भित्र पनि बालिकालाई पनि ध्यानमा राखिएको उनको भनाई थियो । कार्यक्रम गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)को प्रमुख आथित्यतामा भएको थियो ।

यसै गरि अन्तराष्ट्रि«य मर्यादित महिनावारी दिवस विविध कार्यक्रम गरि मनाइएको थियो । एकिकृत हातेमालो समाज नेपालको आयोजना तथा प्रतापपुर गाउँपालिकाको समन्वयमा जिल्लाको प्रतापपुर गाउँपालिका वडा ५ श्रीरामपुर विविध कार्यक्रम गरि सो दिवस मनाइएको थियो । प्रतापपुर गाउँपालिका वडा नम्बर ५ को वडा सदस्य मोबिन अंसारीको अध्यक्षतामा मर्यादित महिनावारी दिवस ¥याली निकाली र अभिमुखीकरण कार्यक्रम गरि श्रीरामपुरमा मनाइएको हो ।