spot_imgspot_imgspot_img
Home स्थानिय समचार मधेश मानवशास्त्र नामक पुस्तक बिमाेचन

मधेश मानवशास्त्र नामक पुस्तक बिमाेचन

Social Media Sharing

परासी, ४ पुष । नवलपरासीमा एक कार्यक्रम बिच ‘मधेश मानवशास्त्र‘ नामक पुस्तक विमोचन भएको छ । जनता प्रगतिशिल पार्टीका अध्यक्ष पुर्व मन्त्री ह्देश त्रिपाठीले एक कार्यक्रम बिच मधेश मानवशास्त्र नामक पुस्तकको विमोचन गर्नु भएको हो । पश्चिम मधेश मिडिया प्रा.लिद्धारा परासीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि समेत रहेको नेता त्रिपाठीले पुस्तकको विमोचन गर्दै यस पुस्तकले मधेशका अन्दोलन र ईतिहास समेटेको जिकिर गर्नु भयो । नेता त्रिपाठीले, यस किताबमा मधेशको ईतिहास संगै विभिन्न चरणमा भएको मधेश आन्दोलनका घटना, राजनितिक परिवर्तन, सरकार संग भएको सहमती र मधेश आन्दोलनका उपलब्धीहरु समेत समेटर प्रकाशनमा आएको हुँदा उक्त किताबको शुभकामना व्यक्त समेत गर्नु भयो ।

किताब बिमोचन कार्यक्रममा जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव, लाेसपा अध्यक्ष मुकुरजी गिरी, जनता प्रगतीशिल पार्टी संयाेजक राधेरमण पांडे, लाेसपा नेता पुरन चाैधरी, नेता बिजय अग्रहरी, उद्दाेग बाणिज्य संङ बरिषठ उपाध्यक्ष नगेन्द्र अग्रहरी, रेडक्रस साेसाइटी शाखा अध्यक्ष राजेन्द्र अग्रहरी, नागरिक समाज अध्यक्ष बेचु गाैड, र विभिन्न राजनितिक दलका नेता, शिक्षाा प्रेमी, समाजसेवीहरूकाे सहभागिता रहेको थियो । त्यस्तै नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, प्याब्सन, लगायतका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा वक्ताहरुले किताबको शुभकामना दिदै यस किताबले मधेशको ईतिहासलाई बलियो रुपमा प्रस्तुत गर्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रम पुस्तकाका लेखक भोला बानियाकाे अध्यक्षतामा भएकाे थियाे । जप्रपाका जिल्ला संयोजक राधेरमण पाण्डेले संचालन गर्नु भएको थियो ।