spot_imgspot_imgspot_img
Home प्रमुख समचार जेन–जीका माग र मुद्दा स्थापित गराउन आफनो उम्मेदवारी : देवेन्द्र यादव

जेन–जीका माग र मुद्दा स्थापित गराउन आफनो उम्मेदवारी : देवेन्द्र यादव

Social Media Sharing

परासी, १३ माघ । जसपा नेपालका उम्मेदवार देवेन्द्र यादवले आफु जेन–जी उम्मेदवार रहेको दावी गर्नु भएको छ । भ्रष्टाचार मुक्त नेपाल निर्माण र सुशासन कायम गर्न भएको जेन–जी आन्दोलनका उपलब्धीहरुलाई स्थापित गर्न आफनो उम्मेदवारी रहेको उहाँको भनाई छ । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र यादवले, आफुँले जेन–जीका मुद्दाहरु स्थापित गराउन र मागलाई सम्बोधन गराउन आफनो उम्मेदवारी रहेको दावी गर्नु भएको हो ।

रामग्राम ४ बैरिहवाँमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार यादवले, देशका ठुला दलहरुले नवलपरासी क्षेत्र २ मा जेन–जीको भावना अनुसार उम्मेदवार खडा नगरि पुरानै अनुहारहरु दोह¥याएको बताउनु भयो । जसपा नेपालले जेन–जीलाई महत्व दिदै यस क्षेत्रबाट आफुँ एक युवालाई संसदिय अभ्यासका लागि उम्मेदवारको रुपमा अगाडी सारेकोले जेन–जी भावना अनुसार आफनो उम्मेदवारी रहेको उहाँले तर्क गर्नु भयो ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र यादवले, यस जिल्लालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने एजेण्डा बोकी मतदाताको दैलोमा पुगी रहनु भएको छ । जिल्लामा रहेका विभिन्न धार्मिक तथा एतिहासिक स्थलहरु छन् जसको वृहद विकासका लागि आफुँ खटेर काम गर्ने उहाँको चुनावी एण्जेण्डा रहेको बताउनु भयो । ‘‘रामग्राम स्तुप, बुद्धको मावली पण्डितपुर, एतिहासिक नन्दन ताल, महलपोखरी, पाल्हीभगवती मन्दिर लगायत मुख्य पर्यटकिय गन्तब्य रहेको छ जसको विकासका लागि आफनो यहाँबाट निर्वाचित हुने नेताहरुले खासै काम गरेको देखिएन तर आफुँ निर्वाचित भइयो भने यसको विकासका लागि अहम भुमिका खेल्ने यादवले दावी गर्नु भयो । ”

त्यस्तै बढदो बेरोजगारीका समस्या सामाधानका लागि पनि ठोस योजना बनाई अगाडी बढने उहाँको एजेण्डा रहेको छ । जिल्लामा संचालित कलकारखाना, उद्योग व्यपार संग समन्वय गरि बेरोजगार युवाहरुलाई शिप अनुसारको काम मिलाउने र अरु युवाहरुलाई शिप सिकाउदै स्वरोजगार संग जोडने योजना रहेको सम्मेलनमा जिकिर गर्नु भयो । आईटीको युग भएकाले विद्यार्थीहरुलाई आईटी प्रविधि संग जोडेर अगाडी बढाउन जिल्लामा आईटी पार्कको अवधारणा ल्याई काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

जसपा नेपाल जिल्ला कमेटीले पार्टी र उम्मेदवारको चुनावी घोषणा पत्र तयारीमा लागेको छ । उम्मेदवार यादव अहिले आफनो चुनावी एजेण्डा लिएर मतदाताको दैलोमा पुगीरहेको बताउनु भयो । उहाँले जिल्लाको यस निर्वाचन क्षेत्रमा आफुँ जसपा नेपालका उम्मेदवार र नेपाली कांग्रेसका उम्मेदवार भिम बहादुर थापाक्षेत्री बिच प्रतिस्पर्धा मात्र देखे दावी गर्नु भयो । जसपा नेपाल चुनावी रणनिति बनाई रहेको र चुनावी कार्यमा भिडी सकेको पार्टीले जनाएको छ ।