spot_imgspot_imgspot_img
Home स्थानिय समचार धर्मग्रन्थ कुरान मजिद कंठस्थ गर्ने विद्यार्थीलाई बधाई ज्ञापन

धर्मग्रन्थ कुरान मजिद कंठस्थ गर्ने विद्यार्थीलाई बधाई ज्ञापन

Social Media Sharing

परासी, २९ माघ । इस्लामको धर्मग्रन्थ कुरान मजिद पुरै किताब कंठस्थ गरेका विद्यार्थीहरुलाई बधाई ज्ञापन गरिएको छ । धर्मग्रन्थ कुरान शरिफ पुरै किताब कंठस्थ गरि हिफ्ज कोर्ष पुरा गरेका ४ जना विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उनीहरुलाई सम्मान गरिएको छ । जिल्लाको सदरमुकाम परासी रामग्राम नगरपालिका वडा नं. २ मा संचालित मदरसा फैजाने अहलेबैतमा अध्ययनरत ४ जना छात्रले हिफ्ज कोर्ष पुरा गरि हाफिजे कुरान भएकाले उनीहरुलाई बधाई दिदै उनीहरुको उज्जवल भविष्यको कामना गरिएको छ ।

मदरसाका अध्यक्ष हाजी ईस्हाक मिँयाको अध्यक्षतामा भएको बधाई तथा शुभकामना कार्यक्रममा कुरान शरिफ कंठस्थ गरि हाफिज बनेका ति ४ अध्ययन विद्यार्थीहरुलाई बधाई दिदै उनीहरुलाई हाफिजे कुरानको उपाधी समेत दिइएको हो । उनीहरुलाई मदरसाले आयोजना गर्ने दिक्षान्त समारोहबाट दिक्षित गरि प्रमाण पत्र समेत प्रदान गर्ने ओल्मा फाउडेशन नेपालका अध्यक्ष तथा मदरसाका संरक्षक हाजी मौलाना सैयद गुलाम हुसैन मिँयाले जानकारी दिनु भयो ।

धार्मिक विद्यालय मदरसाहरुमा आलिम र हिफज गरि कोर्षको पढाई हुने गर्दछ । आलिम फेकल्टी तर्फ पढने विद्यार्थी, मौलाना, मुफ्ती हुने गर्दछन् भने हाफिज फेकल्टी तर्फ अध्ययन गर्ने विद्यार्थीहरु हाफिज र कारी हुने गरेको अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले बताउनु भयो । यस मदरसामा साधारण शिक्षा संगै हाफिज कोर्षको पनि पठन पाठन हुदै आएकोमा २÷३ बर्ष लगाएर ति ४ जना विद्यार्थीहरु हाफिजे कुरान कोर्ष पुरा गरेकोले उनीहरुलाई बधाई सहित सम्मान गरिएको अध्यक्ष मिँयाले बताउनु भयो ।

मदरसामा बाहिरी कुल ५७ जना विद्यार्थीहरु अध्ययनरत छन् भने करिब सयबढि स्थानिय छात्रछात्राहरु अध्ययन गर्ने गरेका छन् । मदरसामा नेपाल सरकारको पाठयक्रम अनुसार साधारण शिक्षा संगै आलिम र हाफिज कोर्षको पनि पठन पाठन हुने गरेको छ ।

बधाई तथा शुभकामना कार्यक्रममा संविधानसभा सदस्य हाजी अलाउद्दिन अंसारीले मदरसामा धार्मिक तथा साधारण शिक्षा संगै प्राविधिक शिक्षामा पनि जोड दिनु पर्ने सुझाव दिनु भयो । त्यस्तै कार्यक्रममा मदरसा अध्यक्ष हाजी ईस्हाक मिँया, ओल्मा फाउडेशन नवलपरासीका अध्यक्ष मौलाना सेराज अहमद निजामी, मौलाना मुफ्ती नुरु आलम मिस्बाही, मौलाना मुफ्ती अख्तर रजा, मौलाना सबरेआलम अलिमी, मौलाना मोहरम अलि निजामी, मौलाना सैयद सद्दाम हुसैन मिँया, मौलाना अलाउद्दिन अंसारी, मौलाना उमर निजामी र मस्जिद मदरसा कबरिस्तान संरक्षण समितिका अध्यक्ष अमिरुल्लाह मिँया, समाजसेवी करिम खान लगायतले बधाई तथा शुभाकामना व्यक्त गरेका थिए ।वक्ताहरुले समाज सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम गर्नु पर्नेमा जोड दिएका थिए ।।