परासी, ६ फागुन । रास्वपा नवलपरासीका उम्मेदवार नरेन्द्र गुप्ता यतिबेला घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन् । मतदाता फकाउन उनी आफनो लोकप्रिय चुनावी एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगी मत माग्नमा व्यस्त देखिएका छन् । मतदाता भेटने क्रममा उम्मेदवार नरेन्द्र गुप्ताले देशमा परिवर्तन ल्याउन र भ्रष्टाचार निर्मुल पार्नका लागि आफनो पार्टी चुनावी मैदानमा उत्रिएको मतदाताहरुलाई विस्वस्त पार्नु भयो ।
आज बुधबार सुनवल नगरपालिका वाड नं. ५ बनकट्टी क्षेत्रमा घरदैलो कार्यक्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नरेन्द्र गुप्ताले महेसपुर भन्सारलाई फुल फेजमा संचालन गराउन पहल गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । महेसपुर भन्सार मुल भन्सार भएपनि अझै तमाम पुर्वाधारको अभाव रहेकाले भन्सार पुर्ण रुपमा संचालन हुन सकेको छैन जसको कारण व्यपारीहरु अर्काे नाका प्रयोग गर्दै आएको जिकिर गर्नु भयो ।
भन्सारमा प्लान्ट क्वारेन्टाईन, जग्गा अधिग्रहण मर आवश्यक पुर्वाधारको विकासका लागि आफु चुनाव जितेर गएपछि पहल गर्ने मतदाता सामु प्रतिबद्धता जाहेर गर्नु भयो । महेसपुर भन्सारलाई पुर्ण रुपमा संचालन ल्याउन सके यहाँ विभिन्न क्षेत्रबाट स्वरोजगार र रोजगार जोडन सहज हुने विस्वास व्यक्त गर्नु भयो । घरदैलोमा रहेका गुप्ताले आफनो चुनावी एजेण्डा मध्ये महेसपुर भन्सार पनि एक मुख्य एजेण्डा रहेको जिकिर गर्दै यसको चौतर्फि विकासका लागि भरपुर कोसिस गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

