परासी, ६ फागुन । जसपाले घरदैलो कार्यक्रममा तिब्रता ल्याएको छ । चुनाव आफनो दाउ पार्न आफनो चुनावी एजेण्डा लिएर मतदाताको घर–घरमा पुगी मत माग्नमा व्यस्त देखिएको छ । नवलपसरासी निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार देवेन्द्र यादव, मतदाता फकाउन घरदैलो कार्यक्रम तथा कार्यकर्ता भेटघाटमा व्यस्त देखिएका छन् ।
चुनाव प्रचार प्रसारको क्रममा रहेको उम्मेदवार देवेन्द्र यादव जेन्जीको माग र मधेशी जनताको मागलाई सम्बोधन गराउन आफनो अहम भुमिका रहने मतदाता सामु विस्वास व्यक्त गर्नु भयो । आज बुधार विहान रामग्राम नगरपालिका वडा नं. १ सण्डामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादव आफुँ युवा र योग्य उम्मेदवार रहेको जिकिर गर्दै चुनावमा विवेक पु¥याएर मतदान गर्न तदाताहरुलाई सुझाव दिनु भयो ।
जेन्जी आन्दोलको माग र प्राप्त हुने उपल्धी स्थापित गराउन आफनो उम्मेदवारी रहेको जिकिर गर्दै देशमा परिवर्तन ल्याउन र देशमा विकासको मुल फुटाउन आफनो उम्मेदवारी रहेकाले आफुँ र आफनो पार्टीलाई विस्वास गर्न मतदाताहरुलाई आग्रह गर्नु भयो । भेलामा जसपा अध्यक्ष धरेन्द्र यादव, केन्द्रिय सदस्य मुन्नलाल गुप्ता लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भेला पछि पाल्हीनन्दन गाउँपालिका वडा नं. २ मा घरदैलो कार्यक्रम भएको थियो । युवा उम्मेदवार प्रति मतदाताहरुको उत्साह र भरोसा बढदै गएको छ ।

