spot_imgspot_imgspot_img
Home प्रमुख समचार संविधान र संघियता जाेगाउन सदन देखि सकड सम्मकाे लडाइ लडन तयार छाैं...

संविधान र संघियता जाेगाउन सदन देखि सकड सम्मकाे लडाइ लडन तयार छाैं : नेता ह्देश त्रिपाठी

Social Media Sharing

परासी, १२ फागुन । पुर्वमन्त्री नेता ह्देश त्रिपाठीले, संघियता खतरामा पर्ने संकेत गर्नु भएको छ । निर्वाचन हावी हुने केहि राजनितिक शक्तिहरुले देशको निकास दिनु भन्दा संघियता नै खतरामा पार्ने संकेत देखिएको जिकिर गर्नु भएको हो । निर्वाचन पश्चात गठन हुने प्रतिनिधिसभाले देशको समस्या सामाधान भन्दा देशमा प्राप्त उपलब्धी संविधान र संघियता माथि नै आक्रमण हुन संकेत देखिएकोे जिकिर गर्नु भयो । सुस्ता गाउँपालिकाकाे मरचाहवाँ, रैया क्षेत्रमा घरदैलो कार्यक्रममा मतदाता संग भेटदै नेता ह्देश त्रिपाठीले जनताले प्राप्त गरेको उपलब्धी संविधान र संघियता नै खतरा रहेको बताउनु भयो । नेता त्रिपाठीले यस्ताे अवस्थामा यि प्राप्त उपलब्ध्री संविधान, संघियता, आरक्षण, पहिचान जोगाउन सदन देखि सडक सम्मको लडाई लडन समेत तयार रहेको बताउनु भयो ।

नेता त्रिपामठीले वर्तमान निर्वाचनले देशको समस्या समाधान नहुने बताउदै समस्या केहि समय सर्ने तर सामाधान नहुने दावी गर्नु भयो । नेता त्रिपाठीले यो निर्वाचन सामान्य निर्वाचन नहरेको र निर्वाचनमा देशको असल मुद्दा र समस्या बारे कुनै दलहरुबाट छलफल समेत नचलिरहेकोले समस्या ज्युँको त्युँ नै रहने निष्कर्ष निकाल्नु भयो ।
देशमा केहि राजनितिक शक्तिहरु हावी हुन खोजेकाले देशको असल मुद्दा र समस्या छलफलमा आउन सकेको छैन जसले देशमा निकास नपाउनेमा उनी विस्वस्त छन् । चुनाव पछि गठन हुने प्रतिनिधिसभाले नेपाल कता जाने भन्ने विषय समेत अन्यौल रहेको छ । संविधानले सुनिश्चित गरेको जनताको अधिकार, पहिचान, संघियता, आरक्षण, मधेशी, मुस्लिम दलितको हक अधिकार समेत खतरामा जाने संकेत देखिएको दावी गर्नु भयो । निर्वाचन पछि संविधानको सार्वभौम सत्ता र राजकिय सत्ता माथि नै प्रहार हुने बर्तमान राजनितिक धुव्रकरणले देखिएको दावी गर्नु भयो ।