spot_imgspot_imgspot_img
Home स्थानिय समचार लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्का सम्झौता

लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्का सम्झौता

Social Media Sharing

बुटवल, २९ असोज ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्का सम्झौता भएको छ ।
नेपाल सरकार, एसियाली विकास बैंक र लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक प्राविधिक सहयोगमा नयाँ भवन निर्माण हुने प्रशासनिक भवन निर्माणको जिम्मा बाबुल एनबी जेभीले पाएको छ नगरपालिकाले जनाएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यभार प्रमुख कल्पना हरिजनले तोकिएको समयमा नै भवन बन्ने बताउदै भवन बने पछि जनताले एकै ठाउँ बाट सेवा पाउने बताइन् लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीका अनुसार प्रशासनिक भवन निर्माणको सम्झौता असोज २८ गते मंगलवार भएको छ भने विक्रम सम्बत २०८४ साल असोज २७ गते भवन निर्माण सम्पन्न गर्नुपर्ने अवधि तोकिएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न. ३ लन्कापुर र ठुलो पडरियाको बिचमा तेलार नदी संगैको जग्गामा प्रशासनिक भवन निर्माणको लागि २५ करोड ७० लाख ८६ हजार ६ सय ९८ मा ठेक्का सम्झौता भएको हो । लुम्बिनी सांस्कृतिक नगरपालिकाले नगरको प्रशासनिक भवन निर्माणका लागि जग्गा छनौट, नेपाल सरकारबाट जग्गा प्राप्ति, नेपाल सरकार र एसियाली विकास बैकसंग समन्वय, सहजिकरण र सहकार्यका लागि सवैसंग आभार प्रकट गर्दै धन्यबाद दिएको छ ।