परासी, २४ चैत । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको २० औं हिउँदे गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा उक्त गाउँसभा विभिन्न ऐन, कार्यविधि पारित गर्दै साेमबार सम्पन्न भएको हो । गाउँसभामा योजनाहरु कार्यान्वयनको क्रममा देखिएको समस्याहरु सामाधान गर्न र केहि योजनाहरु संचालन गर्दा आवश्यक कार्यविधिहरु पारित गरिएको हो । गाउँसभामा अध्यक्ष बैजु प्रसाद गुप्ताले पालिका भित्र योजनाहरु संचालन गर्दा देखिएको समस्याहरु माथि छलफल गर्दै सो सामाधानको बाटो खोजिएको जिकिर गर्नु भयो । केहि योजना संचालनका लागि कार्यविधिहरु आवश्यक रहेको हुँदा सो कार्यविधिहरु पास गरिदै पालिकाको कार्यप्रगति प्रति चर्चा गरिदै पालिकाको लक्ष्य अनुसार काम समयमै सक्न कर्मचारीहरुलाई अध्यक्षले निर्देशन समेत दिनु भयो ।
गाउँसभामा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत दिनेश गौंडले सभा सदस्यहरुलाई स्वागत गर्दै गाउँपालिकाले समग्र रुपमा ७५ प्रतिशत काम सम्पन्न गरिसकेको र आर्थिक प्रगति ४० प्रतिशत पुगीसकेको जानकारी दिनु भयो । पालिकामा सुशासन कायम गर्दै सेवा प्रवाहमा कस्सिएर लाग्न कर्मचारीहरुलाई आग्रह समेत गर्नु भयो । पालिकाको लक्ष्य अनुसार नतिजा हासिल गरिरहेको कर्मचारीहरुलाई धन्यबाद ज्ञापन गर्दै पालिकाको काम र सेवा प्रवाहमा विशेष ध्यान दिन कर्मचारीहरुमा आग्रह गर्नु भयो ।
गाउँसभामा वडा अध्यक्ष, चुलाई प्रसाद यादव, जगदिश प्रसाद गुप्ता, रबिन्द्र सहानी, दयाशंकर त्रिपाठी लगायतले सभाको सफलताको शुभकामना व्यक्त गर्दै योजनाहरुको चरणबद्ध अनुमगन हुन आवश्यक रहेको जिकिर गर्दै पालिकाबाट सेवाग्राहीलाई दुख दिईकन समयमै सेवा दिन आग्रह कर्मचारीलाई आग्रह गर्नु भयो । सभामा पालिकाको लेखा अधिकृत संजय कुमार शर्माले आर्थिक प्रगति सार्वजनिक गर्दै लेखा प्रणालीलाई चुस्त दुरुस्त बनाई बेरुजु घटाउन प्रक्रिया अगाडी बढाइएको जानकारी दिनु भयो ।

