परासी, १ फागुन । नेपाली कांग्रेसका उम्मेदवार भिम बहादुर थापा क्षेत्रीको चुनाव प्रचार प्रसारका निम्ति विभिन्न ठाउँमा चुनाव प्रचार प्रसार कार्यालय खोलिएको छ । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र २ को सुनवल, रामग्राम, पाल्हीन्दन र सरावलको विभिन्न वडाहरुमा चुनाव प्रसार प्रचार कार्यालय खोलिएको पार्टीले जनाएको छ । उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदमा भिम बहादुर थापाक्षेत्री (भरत थापा) प्रत्यक्ष तर्फका उम्मदेवार छन् ।
त्यस्तै सामानुपाति तर्फ कांग्रेस पार्टीबाटै सुनिता श्रेष्ठ रहेकि छन् । मुल प्रचार कार्यालय पार्टीको कार्यालय परासीमा खोलिएको छ ।
चुनाव प्रचार प्रसार कार्यालय खोल्दै आफनो पार्टीका उम्मेदवारलाई जिताउन कार्यकर्ता परिचालन गरिएको छ भने संगठन तथा कार्यकर्ताहरुलाई जागरुक बनाउन लागी परिएको छ । फागुन ४ गतेदेखि पार्टीको घरदैलो कार्यक्रम तथा प्रचार प्रसार कार्यक्रम तिब्र पार्दै चुनावी प्रचार प्रसारमा पार्टी र कार्यकर्ताहरु भिडने तयारी भैरहेको पार्टीले जनाएको छ । आफनो चुनावी घोष्णा पत्र र चुनावी विकास एजेण्डा लिई पार्टी चुनावी प्रचारमा भिडने छ । पार्टीका कार्यकर्ताहरु भित्रको मनमुटाव मेलमिलाप भैसकेको र आफनो उम्मेदवारलाई भारी मतले बिजय गराउन पार्टीले निर्देशन समेत दिएको जनाएको छ ।
पार्टीका पुर्व केन्द्रिय सदस्य देवेन्द्रराज कंडेलले पार्टीका उम्मेदवार भरत थापालाई बिजयी गराउन सबै कार्यकर्ताहरुमा आग्रह गर्नु भयो । त्यस्तै पार्टीका केन्द्रि सदस्य राधेश्याम पाठक, पार्टीका कार्यवाह सभापति विक्रम यादव, नेता गुणनिधि तिवारी, नेता संजय यादव, नेता मोहन शर्मा, पार्टीका नतो एवं लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, नेता राधेश्याम चौधरी, गजानन्दन पटेल, क्षेत्रिय सभापति माधव पाण्डे, प्रदेश सभापतिद्धय दिपक भुषाल, चन्दु सहानी, सुनवल नगरसभापति सोमनाथ रायमाझी, रामग्राम नगरसभापति श्रीधर बस्या, पाल्हीनन्दन गाउँपालिका सभापति हरिहर चौहान तथा वडा सभापति एवं अगुवा कार्यकर्ताहरु चुनावी अभियानमा सक्रिय भै लागि सकेका छन् भने आफनो उम्मेदवार जिताउन भरपुर कोसिसमा जुटिसेको पार्टीले जनाएको छ ।
निर्वाचन क्षेत्र नं. २ मा संगठनको हिसाबले नेपाली कांग्रेस बलियो पार्टी रहेकाले यसको उम्मेदवार भरत थापा बलियो उम्मदेवारको रुपमा देखिएका छन् । प्रतिस्पर्धामा देखिने पार्टीहरुको मुख्य प्रतिस्पर्धी दल भने नेपाली कांग्रेस नै रहेको दावी गर्दै आएका छन । भरत थापा काम गर्ने राम्रो अनुभव प्राप्त व्यक्ति हुन जसले सुनवल नगरपालिकाको विकासमा उदाहरणिय काम गरि सम्मान समेत पाएका छन्् । युवाहरुको आशा र भरोसाका व्यक्ति हुन भरत थापा एक आकर्षक उम्मेदवारको रुपमा रहेका छन् । विहिवार पार्टी कार्यालयमा आयोजित चुनाव लक्षित कार्यकर्ता भेला कार्यक्रममा नेता देवेन्द्रराज कंडेल, नेता राधेश्याम पाठक, नेता बैजनाथ जयसवाल, नेता गुणनिधि तिवारी, नेता विक्रम यादव, नेता संजय यादव लगायनले अब पार्टी भित्र कुनै विवादन नरहेको र आफनो उम्मदेवार भरत थापालाई चुनाव जिताउने कसरतमा लागी पर्नु भनि निर्देशन समेत दिएका थिए । कार्याकर्ता बिच कुनै किसिमको मनमुटनाव समेत नराख्न नेताहरु आग्रह गरेका थिए ।

