परासी, ३१ असार । ग्लोबल आइएमई बैंक सरावल शाखाले विद्यालयका विद्यार्थीहरुलाई पोसाक (ट्रयाक शुट) वितरण गरेको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको सदरमुकाम सरावलमा रहेको ग्लोबल आईएमई बंैक सरावल शाखाले पाल्हीनन्दन गाउँपालिका वडा ६ पडरीमा संचालित शहिद जगदिश पासवान आधारभुत विद्यालयका १५७ जना विद्यार्थीहरुलाई उक्त पोसाक (ट्र्याक शुट) वितरण गरेको हो । बंैकले आफनोे संस्थागत सामाजिक उत्तरदायित्व सिएसआर कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा अध्ययनरत गरिब विपन्न विद्यार्थीहरूलाई पोसाक सहयोग हुनेगरि उक्त ट्याकसुट वितरण गरिएकोे बंैक सरावल शाखाका शाखा मैनेजर जितेन्द्र अग्रहरीले जानकारी दिनु भयो ।
बैंकले शिक्षा क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यका साथ आयोजना गरेको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि ग्लोबल आइएमई बैंकको प्रदेश कार्यालय बुटवलका अपरेसन म्यानेजर प्रकाश ज्ञवालीले विद्यार्थीहरूलाई ट्र्याकसुट विरतण गर्दै शिक्षा क्षेत्रको विकासमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर योगदान दिँदै आएको बताउनु भयो । विद्यालय तहका विद्यार्थीलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले उनीहरूको मनोबल बढाउनुका साथै नियमित पठन पाठनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त समेत गर्नु भयो ।
विद्यालयमा पोसाक वितरणका लागि सरावल शाखा मैनेजर जितेन्द्र अग्रहरीले समनवय सहजीकरण गर्नु भएको थियो । बैंक मैनेजर अग्रहरीले, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई आफ्नो प्रमुख दायित्वका रूपमा लिँदै विद्यालय, स्वास्थ्य संस्था तथा समुदायसँग जोडिएका आवश्यक क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिएका थिए ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरूले बैंकको सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको थियो । उनीहरूले आर्थिक अवस्था कमजोर भएका धेरै विद्यार्थीलाई ट्र्याकसुट उपलब्ध भए पछि विद्यालय पोसाक व्यवस्थापनमा सहज हुने र विद्यार्थीहरूमा थप आत्मविश्वास तथा उत्साह बढ्ने विश्वास व्यक्त गरेका थिए ।

