spot_imgspot_imgspot_img
Home स्थानिय समचार जेष्ठ नागरिकलाई कम्बल र विद्यार्थीहरुलाई ट्रयाकशुट वितरण

जेष्ठ नागरिकलाई कम्बल र विद्यार्थीहरुलाई ट्रयाकशुट वितरण

Social Media Sharing

परासी, २२ पुष । पश्चिम नवलपरासीको सरावल गाउँपालिका ७ नम्बर वडा कार्यालयले ३२५ जना विद्यार्थीहरुलाई ट्र«याकशुट वितरण गरेको छ । वडा अध्यक्ष ह्यात खान धुनियाले एक कार्यक्रम बिच विद्यार्थीहरुको मनोबल बढाउन र चिसोबाट जोगाउन न्यानो ट्र«याकशुट वितरण गर्नु भएको हो । यो ट्र«याक शुट विद्यार्थीहरुलाई जोडोमा स्कुल पोसाकको रुपमा पनि काम लाग्ने र चिसोबाट बचाउने छ । बढदो जाडोमा दुई विद्यालयका बच्चाहरुलाई चिसोबाट जोगाउन ड्र«ेसको पनि काम लाग्ने गरि उक्त ट्र«याकशुट वितरणपछि विद्यार्थीहरु निकै खुशी भएका छन् ।


मंगलबार वडा अध्यक्ष ह्यात खान धुनियाले भुजहवाँमा संचालित मदरसा ईस्लामियामा अध्ययनरत ९५ जना विद्यार्थीहरुलाई न्यानो ट्र«याकशुट वितरण गर्दै मदरसाको शैक्षिक गुणस्तरमा सुधारमा वडाले भरपुर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । त्यस्तै सोमबार बालमिकी आधारभुत विद्यालय भुजहवाँका पनि २३० जना विद्यार्थीहरुलाई पनि उक्त ट्रयाकशुट वितरण गर्नु भयो ।

यस न्यानो पोसाक वितरणले विद्यालयमा अध्ययनरत गरिब परिवारका बालबच्चाहरुको मनोबल बढाएको छ भने जाडोमा ति बच्चाहरुलाई यस कपडाले न्यानो समेत बनाउने विश्वास लिइएको छ । यसरी दुबै विद्यालयको गरि कुल ३२५ जना छात्रछात्राहरुलाई ट्र«याकशुट वितरण गरिएको वडा अध्यक्ष धुनियाले जानकारी दिनु भयो । उहाँका अनुसार पशुपति शिक्षा मन्दिरमा पनि आउदो शुक्रबार विद्यार्थीहरुलाई ट्र«याकशुट वितरण गरिने योजना रहेको सुनाउनु भयो ।


गाउँपालिका वडा ७ मा पर्ने यि तिनै वटा विद्यालयहरुमा वडाले बर्षेनी विद्यालय तथा शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्दै आएको छ भने विद्यार्थीहरुलाई पनि आवश्यक्ता अनुसार उनीहरुको मनोबल बढाउन शैक्षिक तथा पोसाक लगातका विभिन्न खेलकुद सामाग्रीहरु वितरण गर्दै आएको वडा अध्यक्ष धुनिकले बताउनु भयो । केहि दिन अगाडी वडाले वडाभित्र बसोबास गर्ने जेष्ठ नागरिक, एक महिला, विधवा,अपाङ्गता भएका व्यक्ति र अति विपन्नहरुलाई जाडोमा न्यानो बनाउन कम्बल समेत वितरण गरेको छ । कम्बल पाएका ५५० जना निकै खुशी भएका थिए । कम्बलले जाडोबाट बच्न जेष्ठ नागरिकहरुलाई राम्रो माध्यम बनेको बताउछन् । वडा यि कामका लागि ११ लाख रुपैया बिनियोजन गरि काम अगाडी बढाएको वडाले जनाएको छ । यसरी सामाजिक क्षेत्रमा वडाको लगानीले वडाबासीहरु हर्षित भएका छन् । अत्याधिक चिसाे बढेपछि याे कार्यक्रमले लाभाग्राहीमा राहत पुग्ने छ ।