spot_imgspot_imgspot_img
Home प्रमुख समचार नवलपरासीका जनताले पैसामा आफनो मत बेच्दैनन् : नेता ह्देश त्रिपाठी

नवलपरासीका जनताले पैसामा आफनो मत बेच्दैनन् : नेता ह्देश त्रिपाठी

Social Media Sharing

परासी, १८ फागुन । पुर्वमन्त्री नेता ह्देश त्रिपाठीले, यहाँका जनताह आफनो मत बेच्दैनन भन्नेमा आफुँ विस्वस्त रहेको बताउनु भएको छ । नवलपरासीका जनताहरुले आफनो मत र स्वाभिमान पैसामा विक्री नगर्नेमा आफुँ पुर्ण विस्तस्त रहेको बताउनु भएको हो । विगत लामो समयदेखि देशका विभिन्न क्षेत्रहरुमा निर्वाचनमा मत खरिद विक्री हुने गरेको घटना देखिएपनि नवलपरासीका जनताहरु पैसा लिएर आफनो मत र स्वाभिमान नबेच्नमा आफुँ ढुक्क रहेको दावी गर्नु भएको हो ।

आज जनता समाजवादी पार्टीबाट उम्मेदवार समेत रहेका नेता त्रिपाठीको चुनावी रयाली भुतहाँ, बर्दघाट, सेमरी लगातको क्षेत्रमा शक्ति प्रदर्शन सहित कोणसभा भएको छ । समेरीमा आयोजित कोणसभा सम्बोधन गर्दै नेता त्रिपाठीले आफुँले जनताको शिर झुक्ने गरि कुनै काम नगरेको र यहाँको जनताको मान स्वभिमान सधंै कायम र उच्च राखेको दावी गर्नु भयो । नेता त्रिपाठीले, ‘‘यस क्षेत्रका जनता स्वाभिमान छन् भोट बेच्दैनन राम्रो उम्मेदवार चयन गर्नेमा आफुँ विस्वस्त रहेको जिकिर गर्नु भयो । ”

कोणसभा सम्बोधन गर्दै भन्नु भयो, यो निर्वाचन असाधारण रहेकाले संविधान, संघियता र प्राप्त उपलब्धी जोगाउनका लागि आफनो उम्मेदवारी रहेको बताउनु भयो । यस निर्वाचनले देशको समस्या सामाधान नगर्ने भन्दै संविधान र संघियता नै खतरामा पर्ने संकेत देखिएको जिकिर गर्नु भयो । चुनावको आज अन्तिम दिनमा आफुँलाई यस क्षेत्रका जनताले मतदान गरि बिजयी बनाउनेमा पुर्ण विस्वस्त रहेको चर्चा गर्नु भयो । नेता त्रिपाठी जसपाबाट नवलपरासी निर्वाचन क्षेत्र नंं १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् ।