spot_imgspot_imgspot_img
Home प्रमुख समचार नवलपरासीमा मनाईयो विश्व मानविय  दिवस : मानव सेवामा जुट्न सरोकारवालालाई आग्रह

नवलपरासीमा मनाईयो विश्व मानविय  दिवस : मानव सेवामा जुट्न सरोकारवालालाई आग्रह

Social Media Sharing

परासी ३ भदौ । पश्चिम नवलपरासीमा  विश्व मानविय  दिवस मनाईएकाे छ । नेपाल परिवार नियोजन संघ नवलपरासीका सभापति अविनाश रेग्मीको अध्यक्षता तथा रामग्राम नगरपालिका नगर प्रमुख धनपत यादवको प्रमुख आतिथ्यतामा उक्त दिवस परासीमा अनतरकृया कार्यक्रम गरि मनाईएको हो।
मानव सेवा, मानवीय सहयोग र आपत बिपदका बेला पीडित परिवारलाई सहयोग गर्ने मुख्य उद्देश लिई, विश्वव्यापी ऐक्यबद्धता सुदृढ गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने भन्ने नाराका साथ विश्व मानवीय दिवस २०२६ अनतरकृयात्मक कार्यक्रम गरि  मनाएकाे हाे ।

कार्यक्रममा प्रमुख आतिथि नगर प्रमुख धनपत यादबले बिपदमा परेका परिवार, गरिब असहाय र दुखु परिवारहरुलाई पालिकाले राहत देखि जिन्सी सहयोग समेत गर्दै आएको बताउनु भयो । उहाले स्वास्थ्य संस्थाहरू क्षमता अभिबृद्वि गर्ने र  संस्थागत विकासमा गर्न र सेवा प्रवाहमा नगरपालिका भरपुर सहयोग गर्दै आएको बताउनु भयो।

कार्यक्रममार्फत मानवीय सेवाप्रति प्रतिबद्धता अभिव्यक्त गर्दै स्थानीय समुदायको सशक्तीकरण तथा मानवीय सेवामा सबै पक्षको सहकार्य र ऐक्यबद्धतालाई थप मजबुत बनाउने उद्देश्य राखिएको परिवार नियाेजन संघका सभापति अविनाश रेग्मीले जिकिर गर्नु भयो।

विश्वव्यापी एकतालाई सुदृढ गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने” अवधारणालाई आत्मसात् गर्दै कार्यक्रम आयोजना गरिएको शाखा प्रबन्ध यामनाथ पाैडेलले बताउनु भयो।

शाखा प्रबन्धक पौडेलका अनुसार विश्व मानवीय दिवस प्रत्येक वर्ष मानवीय सेवामा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाको सम्मान र मानवीय सहायताको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइँदै आएको छ ।

कार्यक्रममा मानवीय सेवा, स्थानीय समुदायको सशक्तीकरण तथा मानवीय कार्यमा सहकार्य र एकताको आवश्यकताबारे छलफल भएकाे थियोे । कार्यक्रमले मानवीय सेवा र स्थानीय समुदायप्रतिको साझा प्रतिबद्धतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा नगर उप प्रमुख सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रहरी उपरीक्षक लगायत विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो।