परासी, १६ फागुन । पुर्वमन्त्री नेता ह्देश त्रिपाठीले आर्थिक मन्दी प्रति निर्वाचनमा दलहरुले कुनै छलफल नचलाएको आरोप लगाउनु भएको छ । देशमा व्यापक आर्थिक मन्दी छ तर त्यसको सामाधानको लागि कुनै पनि दलहरुले चर्चा परिचर्चा गरेका छैनन । देशका साना–ठुला उद्योगी, व्यपारी र आम जनताहरु आर्थिक मन्दीको चपेटामा परेका छन तर त्यसको सामाधानको लागि सरकारले त कामै गर्न सकेको छैन तर अहिले निर्वाचनमा यो विषय कुनै दलको मुद्दा समेत बन्न नसकेकोमा नेता त्रिपाठीको चिन्ता रहेको छ । ‘‘देश दलदलमा फस्दै गएको छ एकातिर देशमा आर्थिक मन्दी चरमसिमामा छ अर्काे तर्फ नेपाली जनताले ठुलो बलिदानी पश्चात पाएको उपलब्धीहरु खतरामा छ” नेत त्रिपाठीले भन्नु भयो ।
देशको मन्दीले उद्योगी व्यवसायी संगै आम जनताहरुमा पनि मारमा छन् तरको यसको सामाधान र निकासका लागि ठुला दलहरुले कुनै बहस र छलफल चलाएका छैनन नत्र यो कुनै दलको एजेण्डा नै बनेको छ । निर्वाचनमा यो ठुला दलहरुको मुख्य एजेण्डा बन्नु पर्ने नेता त्रिपाठीले ध्यानाकर्षण गराएका छन् ।
आज बर्दघाट नगरपालिकाको वडा नं. १२ भटवलियाम आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता त्रिपाठीले देशको अर्थतन्त्र नै धारासायी रहेको भन्दै मन्दीको सामाधान बारे ठुला दलहरुको साझा एजेण्डा बन्नु पर्नेमा जोड दिनु भएको थियो । नेता त्रिपाठी यतिबेला चुनावी प्रचार प्रसारमा छन् । नेता त्रिपाठी जसपा नेपालबाट नवलपरासी निर्वाचन क्षेत्र नंं १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् ।

