परासी, ३ बैशाख । पाल्हीनन्दन गाउँपालिकामा संचालित स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समिक्षा गरिएको छ । गाउँपालिको स्वास्थ्य शाखाले स्वास्थ्य क्षेत्रमा लिएको लक्ष्य र गरिएको कार्य प्रगतिको प्रभावकारिता बारे बुधबार समिक्षा गरेको हो । पाल्हीनन्दन गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको अर्धवार्षिक समिक्षा कार्यक्रममा पालिका भित्र संचालित आधारभुत अस्पताल, स्वास्थय चौकीका ईन्चार्जहरुलाई सहभागी गराई संचालन गरिएको स्वास्थ्य कार्यक्रमको प्रभावकारिता र चुनौतीहरुका बारेमा समिक्षा गरिएको स्वास्थय शाखा प्रमुख हरिशंकर गुप्ताले जानकारी दिनु भयो ।
समिक्षा कार्यक्रममा गाउँपालिकाको लेखा अधिकृत संजयक कुमार शर्माले स्वास्थ्य क्षेत्रलाई संवेदनशिल विषय रहेकाले प्रभावकारी रुपमा स्वास्थ्य कार्यक्रम संचालन गर्ने र उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थयकर्मीहरुलाई सुझाव दिनु भयो ।
स्वास्थ्य चौकी, अस्पतालहरुबाट प्रदान गरिने उपचार सेवा, स्वास्थ्य प्रामर्श, संचालन गरिने गाउँघर क्लिनिक, खोप, स्वास्थय परिक्षण र पोषण जस्ता महत्वपुर्ण कार्यहरु नियमित, गुणस्तर र प्रभावकारी बनाउन गम्भीर भएर लाग्नु पर्ने सुझाव दिनु भयो । सो सेवा प्रदान गर्दा आवश्यक बजेटहरु व्यवस्थापनका लागि पालिका तयार समेत रहेको लेखा अधिकृत संजय शर्माले प्रतिबद्धता जाहेर गर्नु भयो । उहाँले स्वास्थ्य संस्थाहरुमा देखिएको बेड र केहि उपकरणहरुको अभाव र भवन तथा फर्निचरमा तत्काल मर्मत गर्नुपर्ने कार्यहरुको सुची बनाई तत्काल सो काम गर्न आग्रह गर्दै सोको बजेट व्यवस्थाका लागि पालिकाले व्यवस्था मिलनउनमा स्वास्थ्यकर्मीहरुलाई विस्तवस्त पार्नु भयो ।
स्वास्थ्य शाखा र अस्पताल तथा स्वास्थ्य चौकीहरुबाट संचालित स्वास्थ्य कार्यक्रम, उपचार सेवा र प्रदान गरिने स्वास्थ्य सेवाहरुको बारेमा समिक्षा गर्दै सो कार्यहरुलाई थप प्रभावकारी बनाउन सबै स्वास्थ्यकर्मीहरु कस्सिर लाग्नुपर्नेमा निस्कर्ष निकालेको स्वास्थ्य शाखा प्रमुख हरि शंकर गुप्ताले जानकारी दिुन भयो । समिक्षा कार्यक्रममा लेखा अधिकृत, प्रशासन शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, कर्मचारी, पाल्हीनन्दन अस्पताल प्रतिनिधि, स्वास्थ्य चौकी ईन्चार्ज, पोषण सहजकर्ता र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।


