spot_imgspot_imgspot_img
Home स्थानिय समचार प्रतापपुर गाउँपालिकाको विशेष गाउँसभा

प्रतापपुर गाउँपालिकाको विशेष गाउँसभा

Social Media Sharing
परासी, ५ मंसिर । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको विशेष गाउँ सभा तथा १९ औं अधिवेशन शुक्रबार गाउँपालिका हलमा सम्पन्न भएको छ। विशेष गाउँ सभा तथा अधिवेशनमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले प्रतापपुर गाउँपालिका का ९३ कर्मचारीलाई सेवा समाप्त गर्ने निर्णय भए अनुसार सेवा समाप्त गरिएको पालिका र वडाहरुमा सेवा कार्य पुर्ण प्रभावित भएकोले उक्त ठाउँहरुमा स्थानीय आन्तरिक स्रोतलाई बलियो बनाइ समस्या समाधान गरिने बताउनु भयो।
अध्यक्ष यादवले ७५३ स्थानीय तहमा पनि यो समस्या भएकोले यसलाई कानुनी रुपमै समाधान गर्न प्रक्रिया अगाडि बढाइएको पनि उहाँले जोड दिनुभयो। कार्यक्रममा पालिकाको प्रमुख प्रशासकीय अधिकृत अनिता थारु बि.क. ले पालिका अन्तर्गतका प्रस्तावित शाखा र इकाइगत रुपमा दरबन्दी विवरण सुनाउदै कर्मचारी समायोजन प्रयोजनका लागि निर्धारण गरिएको दरबन्दी विवरण पनि जानकारी गराउनु भएको थियो।विशेष गाउँसभामा गाउँपालिकाको अत्यावश्यक कर्मचारी राख्ने प्रस्ताव पारित गरिएको पनि बताइएको छ।
आर्थिक वर्ष २०८२/८३ को हालसम्म गाउँपालिका कार्यपालिकाको बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको थियो। सभामा प्रस्तुत गरेको ५ को सङ्ख्यामा रहेको प्रस्ताव सर्वसम्मत पारित गरिएको जनाइएको छ।
प्रतापपुर गाउँपालिकामा प्रस्तुत सबै प्रस्तावहरु उपर फरक मत राख्न घोषणा गरिए पनि सबै प्रस्तावहरु सर्वसम्मत हुनुलाई सकारात्मक ठानिएको अध्यक्ष यादवले जानकारी दिनुभएको छ।
कार्यक्रम समाप्ति पछि सञ्चारकर्मीहरु संग संक्षिप्त प्रतिक्रिया दिदै अध्यक्ष यादवले पालिकामा भएका सकारात्मक र सुधार गर्नुपर्ने विषयवस्तु बारे लिखित वा मौखिक रुपमा जानकारी गराउन आग्रह गर्नुभएको थियो।