spot_imgspot_imgspot_img
Home अन्तराष्ट्रिय युद्धविरामबीच गाजामा इजरायलको घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु

युद्धविरामबीच गाजामा इजरायलको घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु

Social Media Sharing

गाजामा हमास-प्रशासित नागरिक रक्षाले उत्तरी गाजामा इजरायली ट्याङ्कको गोलाबारी बसमा ठोकिँदा ११ जनाको मृत्यु भएको बताएको छ। मृतकहरू एउटै परिवारका सदस्य थिए।

 

नागरिक रक्षाका अनुसार, घटना शुक्रबार राति गाजा सहरको जायटुन क्षेत्रमा भएको हो। जतिबेला त्यो परिवार आफ्नो घरतर्फ जाँदै थियो।

बीबीसीका अनुसार हालै युद्धविराम सुरु भएयता गाजामा यो सबैभन्दा घातक घटना हो।

इजरायली सेनाले भने गाजा र इजरायलबीचको सीमा ‘पहेँलो रेखा’ पार गर्ने ‘शंकास्पद गाडी’मा गोली चलाएको बताएको छ। उक्त क्षेत्रलाई इजरायलले आफ्नो क्षेत्र मान्छ।