spot_imgspot_imgspot_img
Home प्रमुख समचार युवाहरुलाई उद्यमसंग जोडेर स्वरोजगार बनाउन पहल गर्नेछुँ : बिनोद चौधरी

युवाहरुलाई उद्यमसंग जोडेर स्वरोजगार बनाउन पहल गर्नेछुँ : बिनोद चौधरी

Social Media Sharing

परासी, १६ फागनु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा उम्मेदवार नेता बिनोद चौधरीले बेरोजगार उयुवाहरुलाई द्यमशिलता संग जोडेर स्वरोजगार बनाउन पहल गर्ने बताउनु भएको छ । देशमा बढदो बेरोजगारीलाई न्युनकिरण गर्न र युवाहरुलाई रोजगार तथा स्वरोजगार बनाउन उद्यमशिलता र औद्योगिक क्षेत्रमा जोड आफनो योजना रहेको चर्चा गर्नु भएको हो । बर्दघाट नगरपालिका वडानं. १४,१५ र १६ मा चुनावी प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रम मार्फत मतदाता भेटने क्रममा युवाहरुले बेरोजगारीको कुरा उठाएपनि नेता चौधरीले यस्तो योजना सुनाउनु भयो ।

नेता चौधरीले बेरोजगारीलाई कम गर्न यहाँका युवाहरुलाई उद्यमशिल बनाएर स्वरोजगार बनाउन र सो बाट रोजगारीको सृजना समेत गराउनुका साथै यहाँको औद्योगिक क्षेत्र समेतमा पनि युवा रोजगारीको व्यवस्थापन मिलाउन आफुले पहल गर्ने बताउनु भयो । जिल्लामा व्यापक रुपमा औद्योगिकरण भईरहेको छ त्यस उद्योगहरुबाट सृजना हुने रोजगारीमा यहिँका युवाहरुलाई प्राथमिकतामा राखी रोजगारी प्रदान गर्न आफुँले पहल गर्ने नेता चौधरीले बताउनु भयो । त्यसैगरि युवाहरुलार्ई दक्ष उद्यमशिल बनाउन शिप र तालिमको व्यवस्थापन मिलाई स्वरोजगार बनाउन आफनो भुमिका महत्वपुर्ण रहने प्रतिबद्धता जाहेर गर्नु भयो ।

नेता चौधरी नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् । पछिल्लो समय चा्ैधरीको चुनावी माहौल राम्रो बन्दै गएको छ । आज प्रचार प्रसारमा हजारांैको संख्यामा कार्यकर्ताहरु परिचालन भएका थिए ।