spot_imgspot_imgspot_img
Home प्रमुख समचार ‘युवाहरुले देश बनाउ छन्’ : युवानेता बिजय कंडेल

‘युवाहरुले देश बनाउ छन्’ : युवानेता बिजय कंडेल

Social Media Sharing

परासी, १ फागुन । उज्यालो नेपाल पार्टीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बिजय कंडेलले देशमा परिवर्तनका निम्ति आफनो उम्मेदवारी रहेको बताउनु भएको छ । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नंं १ मा सो पार्टीबाट उम्मदेवार रहेका बिजय कंडेलले देशमा परिवर्तन ल्याउन र भ्रष्टचार नियन्त्रण संगै देशमा सुशासन कायम गराउन आफनो महत्वपुर्ण भुमिका रहने जिकिर गर्नु भएको हो ।

उज्याले नेपालकाे जिल्ला संयाेजक अमुल कुमार पांडेकाे अध्यक्षतामा बर्दघाट नगरपालिकाको बर्दघाट बजारमा चुनाव प्रचार प्रसार सम्पर्क कार्यलयको उदघाटन गर्दै उम्मेदवार कंडेलले जिल्लामा पनि यस पटक मतदाताहरु नेतृत्व परिवर्तन गर्नेमा विश्वस्त रहेको जिकिर गर्नु भयो । युवाहरु भविष्यको कर्णधार रहेकाले र परिवर्तनमा युवाहरुको मुख्य भुमिका रहने हुँदा मतदाताहरुलाई दक्ष युवा उम्मेदवार छान्न आग्रह पनि गर्नु भयो ।
उज्यालो नेपालको केन्द्रिय सदस्य समेत रहेका उम्मेदवार नेता कंडेलले आफुँ नयाँ सोंच र जोसजाँगरका साथ चुनावी मैदानमा उत्रिएको भन्दै आफँु जस्तो युवाहरुलाई यस पटक जनताहरुले अवसर दिनेमा विश्वस्त रहेको बताउनु भयो ।

२४ घंटामा सत्ता परिवर्तन गरेका हामी युवाहरु देश परिवर्तन र देशलाई सिस्टममा ल्याउन, जनताको चाहना अनुसार काम गर्ने र जिल्लाको जेनुन एजेण्डाहरु सदमा दमदार रुपमा प्रस्तुत गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भयो । याे अाफु निर्वाचित भएकाे खंडमा मात्र सम्भव रहेकाले यस तर्फ मतदातालाइ ध्यान दिन जरूरी रहेकाे जिकिर गर्नु भयाे ।  आफुँ पिएडी स्कल।का विद्यार्थी रहेकोले आफुँ संग देश विकास गर्न राम्रो भिजन रहेको भन्दै देशमा चाहिने निति कानुनहरु निर्माणका लागि राम्रो ज्ञान समेत रहेको दावी गर्नु भयो ।

लामो समयदेखि उही पुराना नेताहरुले सत्ता संचालन गर्दै आएपनि देश विकास र शुसासनमा काम गर्न अदक्ष रहेको सावित भइनै सकेको छ तसर्थ देश बनाउन युवाहरुको हातमा बागडोर सुम्पिन मतादाताहरुमा आग्रह गर्नु भयो । उहाँले मतदाताहरु सचेत र सजग छन यस पटकको चुनावमा पुरानै अनुहार भन्दा नयाँ अनुसार प्रति विश्वास गर्नेमा आफनो बुझाई रहेको जिकिर गर्दै जिल्लामा पनि नेतृत्व परिवर्तन हुनेमा आफुँ विश्वस्त रहेको दावी गर्नु भयो ।
चुनावी अभियानको क्रममा नेता बिजय कंडेलले आज मात्रै बर्दघाट, भुतहाँ, विद्युत, पुर्नवास सहित ५ वठा ठाउँमा आफनो चुनाव प्रचार प्रसार सम्पर्क कार्यालय खोलेका छन् । उनी अहिले कार्यालय खोल्ने, कार्यकर्ता भेटने आफनो पार्टीको स्पष्ट धारणा र नितिका बारेमा प्रशिक्षण जस्तो कार्यहरु अगाडी बढाइएको बताउनु भयो ।

यता उज्यालो नेपालका जिल्ला संयोज अमुल कुमार पाण्डेले पार्टी र उम्मेदवारको घोषणा पत्र तयार भैरहेको जानकारी दिनु भयो । उहाँले चुनावी अभियानलाई तिब्रता दिदै प्रचार प्रसार कार्यालय खोल्ने र कार्यकर्ताहरु परिचालन गर्ने जस्तो कार्य भैरहेको जिकिर गर्नु भयो । नवीतम साँेच र काम गर्ने जोसजाँगरका साथ चुनावी मैदानमा भिडका आफनो पार्टीका युवा उम्मेदवार प्रति यहाँका मतदाताहरुको आकर्षण बढिरहेकाले चुनाव हात पार्नेमा आफुँहरु विश्वस्त रहेको दावी गर्नु भयो । उज्यालो नेपाल पार्टी कुल्मान घिसिङ्ग नेतृत्वको पार्टी हो ।