spot_imgspot_imgspot_img
Home प्रमुख समचार यो विशेष चुनाव भएकाले, मतदाताहरुले विचार पुर्याउनु पर्छ : नेता त्रिपाठी

यो विशेष चुनाव भएकाले, मतदाताहरुले विचार पुर्याउनु पर्छ : नेता त्रिपाठी

Social Media Sharing

परासी, ६ फागुन । पुर्वमन्त्री नेता ह्देश त्रिपाठी यतिबेला चुनावी प्रचार प्रसारमा निकै व्यस्त देखिएका छन् । चुनाव प्रचारका लागि नेता ह्देश त्रिपाठी यतिबेला आफना कार्यकर्ताहरु संग घरदैलो कार्यक्रममा भिडेका छन् । मतदाताहरुको घरदैलोमा पुगेर नेता त्रिपाठी आफुँलाई मत माग्न निकै व्यस्त छन् ।

नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेता त्रिपाठी मतदातालाई भेटदै यो चुनाव सामान्य चुनाव नरहेकाले मतदाताहरुले विवेक पु¥याएर मात्र मतदान गर्न सुझाउनु भएको छ ।
आज बुधबार सरावल गाउँपालिका क्षेत्रमा घरदैलो कार्यक्रममा रहेका नेता त्रिपाठीले आफनो कार्यकर्ता तथा मतदाताहरुलाई भेटने क्रममा यो चुनाव विशेष चुनाव भएकाले जनताको भावना अनुसार काम गर्नेलाई अगाडी सार्न सुझाव दिनु भयो । यस चुनावले जेन–जी मागलाई सम्बोधन गर्ने र आन्दोलनबाट प्राप्त उपलब्धीलाई स्थापित र संस्थागत गर्ने रहेको यसमा निकै गहन विचार पु¥याएर मात्र मतदान गर्न आग्रह गर्नु भयो ।

देशमा बढदो भ्रष्टाचार निर्मुल पार्न, देशमा सुशासन कायम गर्न र देशमा परिवर्तन ल्याउनका लागि आफनो उम्मेदवारी रहेकोले जिकिर गर्नु भयो । यस क्षेत्रमा यस पटक साम, दाम दण्ड भेद काम नगर्ने नेता त्रिपाठी दावी गर्दै जनता सचेत भईसकेकाले योग्य र दक्ष उम्मेदवार चयन गर्नेमा आफुँ विस्वस्त रहेको निष्कर्ष निकाल्नु भयो । घरदैलो कार्यक्रममा नेता त्रिपाठी प्रति मतदाताहरुको सहानुभुति बढनुका साथै आकर्षण पनि बढदै गएको छ ।