परासी, ८ कातिक । भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप र संघराम क्षेत्रको विचमा चिनियाहरुद्धारा विशाल बौद्ध विहारको निर्माणले स्तुप क्षेत्रमा पर्यटकलाई आकर्षण थप्ने भएको छ । रामग्राम स्तुप रहेको देउरवा गाँव र संघाराम क्षेत्र रहेको देवगावको सिमा छुट्टयाउने भलुहीखोला किनारमा उतm विहार निर्माणले रामग्राम स्तुप र संघाराम क्षेत्रलाई समेत जेड्ने विश्वास स्थानियले लिएका हुन् ।
नेपाल सरकारले खोजी पहिचान गरि तत्कालिन बौद्ध परम्परालाई पुर्नस्थापन गर्न नसकिरहेको अवस्थामा त्यसको महत्व बुझेर नै चिनिया संघसस्थाहरुले रामग्राम स्तुप(देउरवा) र संघाराम स्थान देवगावको साझा पहिचान बनाउन गरे काम गरेको हुन सक्ने अनुमान स्थानियको छ । हुन तँ आधुनिककालमा बौद्ध सँस्कृति र परम्परालाई संरक्षण गरेका चिनियायात्री फाईयाद र ह्वेगँसाँगको यात्रा वृतान्त नै बुद्ध स्थलको पहिचान गराउने आधार प्राचीनकाल देखी कै हो । त्यसैको आधारमा नै नेपाल र भारतमा बौद्ध स्थलको खोजी कार्य सम्भव भएको हो । अहिले रामग्राम र र्संघारामलाई जोड्ने चिनिया बौद्ध विहार हुन सक्ने सोही वार्डका पुर्व वार्डअध्यक्ष शंकर हरिजनले बताए । चिनीया सस्थाले दुई विघा भन्दा बढि जग्गा खरिद गरि भलुही नदी किनारमा बौद्ध विहार निर्माण गराउने कार्य गरिरहेको छ, उनले भने, भविष्यमा आउने चिनिया भिच्छुहरुले आफ्नै विहारमा बास बसेर आराम गर्न सक्ने वातावरण हुन्छ ।
प्राचीन कालमा संघाराममा आउने बौद्ध भिच्छुहरुलाई आराम गर्ने स्थललाई संघाराम भन्ने गरिन्थ्यो । प्राचीनकालमा स्तुपको उत्खनन गर्न आएका सम्राट अशोकले स्तुप र्संरक्षण गर्दै पुजापाठ गदैै आएका नागबँशीहरुको आग्रहमा स्तुप उत्खनन गरेनन, बरु स्तुप क्षेत्र रहेको देउरवामा बौद्ध विहार र देवगावमा संघाराम निर्माण गर्न लगाएका थिए । विगत बर्ष देखी नै खोजीमा रामग्राम विकास कोषले अध्ययन अनुसंंधान कार्यमा लागेको छ । रामग्राम स्तुप नजिक र बौद्धकालिन प्राचीन समाग्रिहरु समेत फेला गर्ने स्तुप देखी पुर्वमा रहेको देवगाव नै संंघराम भएको अनुमान गर्दै अनुसंधान थालिएको हो ।

