spot_imgspot_imgspot_img
Home स्थानिय समचार सुनवलमा पाँचौ सुनवल महोत्वस मंसिर १० देखि संचालन हुदै

सुनवलमा पाँचौ सुनवल महोत्वस मंसिर १० देखि संचालन हुदै

Social Media Sharing

परासी, १० कार्तिक । पश्चिम नवलपरासीको सुनवलमा पाँचांै सुनवल महोत्वस २०८२ आयोजना हुन लागेको छ । सुनवल उद्योग बाणिज्य संघको आयोजनामा आगामी मंसिर १० गतेदेखि २१ गतेसम्मका लागि पाँचौं सुनवल महोत्वस आयोजना हुन लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । कृषि, उद्योग व्यपार कला र सांस्कृति समग्र सुनवलको उन्नती भन्ने मुल नाराका साथ सुनवल उद्योग बाणिज्य संघले जिल्लाका उत्पादित बस्तु तथा पर्यटकिय क्षेत्रहरुको वृहत पहिचान र स्थानिय कला सांस्कृतिको जगेर्नाका लागि सुनवल नगरपालिका १ सोमनाथ हाटबजार स्थित खेलमैदानमा मा उक्त महोत्वस आयोजना गर्न लागेको संघका अध्यक्ष रमेश कर्माचार्यले पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिनु भएको हो ।
सम्मेलनमा अध्यक्ष कर्माचार्यले महोत्सवको तयारी तिब्र रुपमा भईरहेको जानकारी दिदै २ सयभन्दा बढी व्यापारिक स्टल रहने बताउनु भयो । जसमा होटल, स्वास्थ्य, शिक्षा, कृषि, सूचना प्रविधि, निर्माण सामग्री, हस्तकला, जुत्ता, कपडा, राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादनका सामग्री प्रदर्शन गरिनेछ भने सांस्कृतिक कार्यक्रम, खानपान महोत्सव, विज्ञान तथा कला प्रदर्शनी, बाल उद्यान, खेलकुद, म्युजिक शो, नृत्य र गायन प्रतियोगिता पनि हुने अध्यक्षले जानकारी दिनु भयो ।

महोत्सव सुनवल–१ सोमनाथ हाईवे छेउ हाटबजार संगै टाँसिएको खेलमैदानमा आयोजना हुनेछ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय उद्योग, व्यवसाय, निर्यातकर्ता र सेवाप्रदायक संस्थाहरूको सहभागिता रहनेछ । १२ दिनसम्म चल्ने महोत्सवमा करिब १ लाख दर्शकहरुले मेला अवलोकन गर्ने छने भने उक्त मेलाबाट करिब १० करोड रुपैयाँ आर्थिक कारोबार समेत हुने आयोजकले अनुमान गरेको छ । महोत्सव आयोजनामा कुल ८० लाख रुपैया खर्च पनि हुने आयोजकको अनुमान रहेको छ । महोत्वसको सुनवल नगरपालिका संरक्षक र नेपाल उद्योग बाणिज्य महासंघ सह आयोजक रहने छ ।