spot_imgspot_imgspot_img
Home अन्तराष्ट्रिय हमासलाई ट्रम्पको चेतावनी : युद्धविराम अवज्ञा गरे समाप्त हुनेछौ

हमासलाई ट्रम्पको चेतावनी : युद्धविराम अवज्ञा गरे समाप्त हुनेछौ

Social Media Sharing

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी संगठन हमासलाई नयाँ चेतावनी दिएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै युद्धविराम उल्लंघन गरेर लडाइँ जारी राखे हमासलाई ध्वस्त पारिदिने चेतावनी दिएका हुन्।

उनले लेखेका छन्, ‘यदि हमासले सम्झौताको अवज्ञा गर्दै गाजामा मानिसहरूलाई मार्ने काम जारी राख्यो भने हामीसँग उनीहरूलाई समाप्त गर्नुबाहेक अरू कुनै विकल्प हुनेछैन।’

यसअघि ट्रम्पले गाजामा अमेरिकी सेना तैनाथ गर्ने कुरा अस्वीकार गरेका थिए।

हमास र इजरायलबीच युद्धविराम सम्झौता भएपछि गाजामा मानिसहरू आफ्नो घर फर्किरहेका छन्।

अमेरिकाकै मध्यस्थतामा इजरायल र हमासबीच भएको सम्झौताअनुसार यही अक्टोबर १० स्थानीय समय दिउँसोदेखि गाजामा युद्धविराम लागु भएको छ।

यसबीच हमासले इजरायललाई अहिलेसम्म २० जीवित बन्धक फिर्ता गर्‍यो भने ९ शव हस्तान्तरण गरेको छ। अझै उसले १९ शव दिन बाँकी छ।