परासी, १८ फागुन । नवलपरासीका औद्योगिक करिडोरको स्थापना भएपछि हजार बढि युवाहरुले रोजगार पाएका छन् । सुनवल नगरपालिका संस्थापक मेयर भिम बहादुर थापा (भरत थापा) ले जिल्लामा औद्योगिक करिडोरको स्थापना भएपछि यहाँका साना–ठुला करिब सय उद्योगहरु आए जसबाट यहिँका हजार बढि युवाहरुले रोजगारी पाएको बताउनु भएको हो ।
आफुँले उद्योग बाणिज्य संघको अध्यक्ष हुँदादेखि नै जिल्लालाई औद्योगिक करिडोरको रुपका विकास गर्न पहल गर्दै आएको र अहिले सफलता पाइएको भरत थापाले चर्चा गर्नु भएको हो । चुनाव प्रचार प्रसारको अन्तिम दिन रामग्राम नगरपालिका वडा नं. १४ र १८ मा घरदैलो गर्दा भरत थापाले आफुँले पहल गरि जिल्लालाई औद्योगिक करिडोर बनाइएकोले यहाँ ठुला ठुला उद्योगहरु स्थापना भए जसकारण जिल्लामै विभिन्न क्षेत्रमा हजार बढि युवाहरु रोजगार पाएको बताउनु भयो । यस औद्योगिक क्षेत्रलाई अझै व्यवस्थापन गर्दै जाने हो भने अझै युवाहरु रोजगार हुने सम्भावना देखिएको जिकिर गर्नु भयो ।
जिल्लाको बेरोजगारी हटाउनका लागि यहाँका युवाहरुलाई उद्यम संग जोडेर स्वरोजगार बनाउने र यहाँका उद्योग र पर्यटनको क्षेत्रमा थप रोजगारी सृजना गरि रोजगारी प्रदान गर्ने आफनो प्रमुख एजेण्डा रहेको चर्चा गर्नु भयो । आफुँ उद्योग बाणिज्य संघमा हुँदा जिल्लामा उद्योगहरुको विकास र पर्यटनको विकासका लागि काम गर्दै आएको समेत सुनाउनु भयो । ‘‘आज जिल्लामै यत्रो रोजगारी प्रदान भएछ खुशी लाग्छ उहाँले जिकिर गर्नु भयो ।”
आफुँ चुनाव जितेभने जिल्लामा रोजगारीको समस्या समाधानका लागि भरपुर पहल गर्ने मतदाताहरुमा विस्वास दिलाउनु भयो । भरत थापा विकासे नेताको रुपमा परिचित छन् । उनी प्रति मतदाताको राम्रो आकर्षण छ । उनी निर्वाचन क्षेत्र नं. २ नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् ।

