Home प्रमुख समचार १५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

१५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

Social Media Sharing

काठमाडौं, ३० असार। नेपाल राष्ट्र बैंकले मंगलबार पनि १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । अघिल्लो दिन पनि सोही रकम बराबरको ऋणपत्र जारी गरेको थियो। १ वर्ष अवधि रहेको उक्त ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन् । न्यूनतम ब्याजदर कबोल गर्ने संस्थालाई प्राथमिकता दिँदै ऋणपत्र प्रदान हुनेछ ।

२०८४ असार ३० गते साँवा भुक्तानी हुने ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याजदर प्रदान हुने राष्ट्र बैंकले जनाएको छ । यस ऋणपत्रको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ज’ रहेको छ । बैंक तथा वित्तीय संस्थाले न्यूतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने कुल रकमसम्मकै लागि बोल गर्न सक्नेछन् । चालु आर्थिक वर्षको अन्तिमतिर राष्ट्र बैंकले धमाधम ऋणपत्र जारी गरिरहेको छ ।