परासी, २७ कार्तिक । नेपाल जेसीजको १८ आंै राष्ट्रि«य लेडि एकेडमी सेमिनार परासीमा आयोजना गरिएको छ । नेपाल जेसीजको आयोजना तथा रामग्राम महिला जेसीजको आतिथ्यतामा जिल्लाको सदरमुकाम परासीमा यहि कार्तिक २९ र ३० गतेदेखि उक्त महिला एकेडमी संचालन हुने भएको छ । महिलाहरुको नेतृत्व, व्यक्तित्व र क्षमताको विकास गर्नका लागि नेपाल जेसीजले उक्त दुईदिने राष्ट्रि«य महिला एकेडमी सेमिनार संचालन गर्न लागेको राष्ट्रि«य अध्यक्ष रजनी थापाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।
राष्ट्रि«य अध्यक्ष थापाले यस एकेडमीबाट सहभागी महिलाहरुको स्थानिय स्तरमा नेतृत्व विकास, उद्यमशिलताको विकास र शिक्षा, स्वास्थ्य सहित सामाजिक चेतनाको विकास हुने विश्वास लिइएको जानकारी दिनु भयो । उहाँले यस राष्ट्रि«य लेडी एकेडमी कार्यक्रम मार्फत जिल्ला तथा जिल्लाका महत्वपुर्ण पर्यटयिक स्थलहरुको पनि पहिचान हुने विश्वास व्यक्त गर्नु भयो ।
आउदो शनिवार २९ गतेदेखि परासी स्थित सिद्धार्थ होटेलमा हुने राष्ट्रि«य महिला जेसीज एकेडमीमा देशभरबाट जेसीजमा आवद्ध १ सय बढि महिलाहरुको सहभागिता रहने रामग्राम महिला जेसीजकि अध्यक्ष प्रिती अग्रहरीले जानकारी दिनु भयो । अध्यक्ष अग्रहरीले संचालन हुने यस दुईदिने कार्यक्रम मार्फत सहभागीहरुलाई नेतृत्व विकास तालिम, मोटिभेशनल सत्र, प्यानल छलफल, सांस्कृतिक प्रदर्शन र अनुभवहरु साझेदार जस्ता कार्यहरु गरिने सम्मेलनमा जानकारी दिनु भयो ।

नेपाल जेसीजको देशभर १८४ वटा शाखाहरु रहेकोमा १९ वटा सक्रिय लेडी जेसीज शाखाहरु रहेका छन् । यस जेसीजमा १८ देखि ४० बर्षमुनीका युवा युवतीहरु आवद्ध भई जेसीज अभियान र कार्यक्रमहरुमा सहभागी हुने गर्दछन् । लामो समयपछि जिल्लामा राष्ट्रि«य कार्यक्रम ल्याउन सकिएको छ जसले जिल्लाको पहिचान र यहाँका पर्यटकिय तथा धार्मिक स्थलहरुको व्यापक प्रचार प्रसार हुने आफुले विश्वास लिइएको जेसीजका पुर्व कार्यकारी उपाध्यक्ष सन्दिप अग्रहरीले विचार व्यक्त गर्नु भयो । उहाँले एकेडमीमा सहभागीहरुलाई यहाँका पर्यटकिय क्षेत्रहरुको भ्रमण तथा अवलोकन समेत गराउने कार्ययोजना रहेको जिकिर गर्नु भयो । एकेडमी संचालन मुल समितिकि संयोजक रिंगला यादव एकेडमीमा महिला जेसीज शाखाका सदस्यहरु सहभागी हुने र उनीहरुको नेतृत्व तथा क्षमताको विकास गर्दै शसक्तिकरण समेत गरिने बताउनु भयो । यस एकेडमी सेमिनारमा प्रशिक्षण तथा छलफल गराउनका लागि ४ जना दक्ष प्रशिक्षकहरु बोलाई प्रशिक्षण दिईने छ ।

