परासी, १३ मंसिर । सुनवल सामुदायिक विकास केन्द्रको २५ आंै साधारणसभा तथा ११ आंै अधिवेशनले जयराम बस्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सुनवल सामुदायिक विकास केन्द्रकि अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षता र सुनवल नगरपालिका पुर्व नगर प्रमुख तथा संस्थाको संस्थापक अध्यक्ष भिम बहादुर थापाक्षेत्रीको प्रमुख आतिथ्यतामा सुनवलमा सम्पन्न सभा तथा अधिवेशनबाट जयराम बस्यालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपले चयन भएको हो । जसको अध्यक्ष पदमा जयराम बस्याल निर्विरोध निर्वाचिन भएका हुन् ।
पश्चिम नवलपरासीको सुनवलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पुर्व नगर प्रमुख भरत थापाले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको समुदघाटन गर्नु भएको थियो । साधारणसभा कार्यक्रमको समुदघाटन गर्दै प्रमुख अतिथि भरत थापाले, समाज परिवर्तनका लागि महिलाहरुपनि नेतृत्वमा आउन आवश्यक रहेको जिकिर गर्नु भयो । जारी १६ दिने लैङ्गिङ्ग हिंसा विरुद्धको अभियानलाई सम्झदै पुर्व मेयर थापाले सामाजमा घटने महिला हिंसाका घटना न्युनिकरणमा महिलाहरु एकजुट भएर लाग्नु पर्ने बताउदै सामाजिक तथा राजनितिक क्षेत्रमा पनि महिलाहरुको सक्रियता बढनुपर्ने आवश्यक रहेको जिकिर गर्नु भयो । थापाले सुनवल सामुदायिक विकास केन्द्रले विभिन्न परियोजना मार्फत समाजमा गरिरहेको सेवा, सचेतना, जिविकोपार्जन, लैंङ्गिङ्ग समानताको क्षेत्रमा कामको प्रशंसा पनि गर्नु भयो ।
साधारणसभा कार्यक्रममा अध्यक्ष सपना अधिकारी थापाले अफनो अध्यक्षको मन्तब्य राख्दै संस्थाले गरेको संघर्ष र संस्थाद्धार संचालित परियोजनाका उपलब्धीहरुको बारेमा जानकारी दिनु भयो । कार्यक्रममा वडा सुनवल नगरपालका वडा १ वडा अध्यक्ष मन बहादुर थापाले संस्थाले गरिरहेको सामाजिक कार्यहरुको प्रसंसा गर्दै सभाको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
सभामा संस्थाका सचिव जयराज बस्यालले आफनो सचिवको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गुर्न भएको थियो । त्यस्तै संस्थाले बर्षभरिमा ३ परियोजना मार्फत खर्च गरेको २ करोड ८५ लाख ५२ हजार बराबरको आयव्यय प्रतुत गरेको थियो ।
संस्थाले घरेलु हिंसा न्युनिकरणका लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजना, अपाङ्गता समावेशी विकास परियोजना र लैङ्गिक समानता परियोजना गरि काम गरिरहेको छ । ति परियोनजाहरु पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा संचालित छन् । सभामा परियोजना संयोजक क्रमशः कृष्ण पाण्डे, श्यामसुन्दर ढुंगाना, अशोक गुप्ताले परियोजनाले गरेको गतिविधि र प्राप्त उपलब्धी संगै चुनौतिका बारेमा जानकारी दिएका थिए । सभामा संस्थाका पुर्व अध्यक्ष गोविन्द खनाल, पुर्व अध्यक्ष रामप्रसाद पौडेल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
नयाँ कार्यसमिति :
संस्थाले जयराम बस्यालको नेतृत्वमा सर्वसम्मत रुपले चयन गरेको नयाँ कार्यसमिति उपाध्यक्षमा प्रदिप अर्याल, सचिवमा लक्ष्मी बस्याल पौडेल, कोषाध्यषमा देवलक्ष्मी कर्माचार्य श्रेष्ठ, सहसचिवमा मधुकुमारी थापाक्षेत्री निर्विरोध निर्वाचित हुनु भएको हो । त्यस्तै सदस्यमा सद्धाम हुसैन अंसारी, भरत न्यौपाने, जानका ज्ञवाली, लक्ष्मी तिवारी चयन हुनु भएको हो ।

