टवल, २८ असोज ।
बुटवल उपमहानगरपालिकाले तिहार तथा छठ पर्वको अवसरमा प्लास्टिक फूल बिक्री, वितरण र प्रयोग नगर्न स्थानीयवासीलाई आग्रह गरेको छ ।
नगर प्रमुख खेलराज पाण्डेयले जारी गरेको सूचनामा स्थानीय फूल उत्पादन र प्रवर्द्धन सबैको दायित्व भएको उल्लेख गर्दै, प्लास्टिक फूलको प्रयोगले वातावरणमा क्षति पुर्याउने र माटोमा नगल्ने भएकाले वातावरणीय सौन्दर्यमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ ।

