spot_imgspot_imgspot_img
Home Uncategorized नयाँ अनुहार र ऊर्जा लिएर अगाडि नबढे कांग्रेस कमजोर हुन्छ : विनोद...

नयाँ अनुहार र ऊर्जा लिएर अगाडि नबढे कांग्रेस कमजोर हुन्छ : विनोद चौधरी

Social Media Sharing

काठमाडाै, २० कातिक ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नयाँ अनुहार, ऊर्जा र जोश लिएर अगाडि नबढे पार्टी चुनावमा कमजोर हुने बताएका छन् । दलका नेताको भाषणभन्दा विदेश पुगेका युवाको फोनको आधारमा भोट खस्ने गरेको भन्दै उनले चुनावमा नयाँ अनुहार अगाडि सारेर जानुपर्ने बताएका हुन् । ‘युवाको मनमा निराशा छाएको छ, विदेशबाट फोनको आधारमा भोट खस्छ, हाम्रो भाषणको आधारमा होइन । हाम्रो प्रतिस्पर्धा कोसँग हो ? निराश मानसिकतासँग हो । निराशालाई आशा बदल्नुपर्छ,’ चौधरीले भने, ‘हामी ठूलो पार्टी हौं, तर के निकास खोज्न सक्दैनौं ? नयाँ ढंगले अगाडि बढ्न सकेनौं भने हामी झन् कमजोर हुन्छौं । पार्टीभित्रका नयाँ अनुहार, नयाँ ऊर्जा र जोश जाँगर देखाउने कि नदेखाउने ? टेक्निकल कुरामा अल्झेर बस्ने ? जोसँग प्रतिस्पर्धा गर्ने हो उनीहरू अगाडि बढ्दैछन् । तर हामी नयाँ पुस्तालाई जोड्दैनौं, बेवास्ता  गर्छौं भने आन्तरिक चुनावमा जुनसुकै पक्षले जिते पनि पार्टी कमजोर हुन्छ ।’

अहिले पार्टीभित्रको लडाइ कसले टिकट बाँड्ने भन्दा पनि कस्तालाई बाँड्ने भन्ने हुनुपर्ने उनको भनाइ छ ।‘अहिलेको लडाइ समस्या टिकट कसले बाँड्ने भन्ने हो । तर प्रश्न टिकट बाँड्ने भन्ने होइन । आउने दिनमा कस्तालाई टिकट दिने भन्ने हो । जित्नेलाई कसरी टिकट दिने भन्ने संवादको विषय हो,’ चौधरीले भने, ‘तीनवटै दललाई रिजेक्ट गरिएको बेलामा हामी चुनावमा जाँदैछौं । हामीसँग नराम्रा मात्रै छैनन् । त्याग गरेका इमानदार नेता पनि छन् । तर यी पार्टीको हातबाट देश र हाम्रो कल्याण छैन भन्ने म्यासेज गएको छ । यस्तोमा हाम्रो रणनीति के हो ?’पढेलेखेका केही गरेकालाई अरू दलले भित्र्याएको भन्दै उनले कांग्रेस अलमलिएको बताए ।
‘कांग्रेसलाई अब आउने दिनमा रूपान्तरित पार्टीको रूपमा हेर्न चाहन्छु । कांग्रेस जाग्यो भन्ने रूपमा देखाउनुपर्छ । उद्योगी, व्यापारी, विभिन्न पेशाबाट आएकाले पार्टी खोल्दैछन् । हामी कहाँ पुग्दैछौं ?,’ चौधरीले भने, ‘हामी जेनजीलाई समेट्न तयार छौं ?जेनजी आन्दोलनका क्रममा बाहिरका अपराधीले राज्यभर आतंक मच्चाएको उनले बताए । केही पार्टीका, केही गुण्डाहरूले समेत सकारी सम्पत्ति, उद्योगी, व्यापारी नेताको निजी घरसहितको विध्वंस गरेको उनको भनाइ छ ।