spot_imgspot_imgspot_img
Home Uncategorized तिहार–छठमा प्लास्टिकजन्य फूल प्रयोग नगर्न बुटवल उपमहानगरपालिकाको आग्रह

तिहार–छठमा प्लास्टिकजन्य फूल प्रयोग नगर्न बुटवल उपमहानगरपालिकाको आग्रह

Social Media Sharing

टवल, २८ असोज ।

बुटवल उपमहानगरपालिकाले तिहार तथा छठ पर्वको अवसरमा प्लास्टिक फूल बिक्री, वितरण र प्रयोग नगर्न स्थानीयवासीलाई आग्रह गरेको छ ।

नगर प्रमुख खेलराज पाण्डेयले जारी गरेको सूचनामा स्थानीय फूल उत्पादन र प्रवर्द्धन सबैको दायित्व भएको उल्लेख गर्दै, प्लास्टिक फूलको प्रयोगले वातावरणमा क्षति पुर्‍याउने र माटोमा नगल्ने भएकाले वातावरणीय सौन्दर्यमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ ।