काठमाडाै, २० कातिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नयाँ अनुहार, ऊर्जा र जोश लिएर अगाडि नबढे पार्टी चुनावमा कमजोर हुने बताएका छन् । दलका नेताको भाषणभन्दा विदेश पुगेका युवाको फोनको आधारमा भोट खस्ने गरेको भन्दै उनले चुनावमा नयाँ अनुहार अगाडि सारेर जानुपर्ने बताएका हुन् । ‘युवाको मनमा निराशा छाएको छ, विदेशबाट फोनको आधारमा भोट खस्छ, हाम्रो भाषणको आधारमा होइन । हाम्रो प्रतिस्पर्धा कोसँग हो ? निराश मानसिकतासँग हो । निराशालाई आशा बदल्नुपर्छ,’ चौधरीले भने, ‘हामी ठूलो पार्टी हौं, तर के निकास खोज्न सक्दैनौं ? नयाँ ढंगले अगाडि बढ्न सकेनौं भने हामी झन् कमजोर हुन्छौं । पार्टीभित्रका नयाँ अनुहार, नयाँ ऊर्जा र जोश जाँगर देखाउने कि नदेखाउने ? टेक्निकल कुरामा अल्झेर बस्ने ? जोसँग प्रतिस्पर्धा गर्ने हो उनीहरू अगाडि बढ्दैछन् । तर हामी नयाँ पुस्तालाई जोड्दैनौं, बेवास्ता गर्छौं भने आन्तरिक चुनावमा जुनसुकै पक्षले जिते पनि पार्टी कमजोर हुन्छ ।’
नयाँ अनुहार र ऊर्जा लिएर अगाडि नबढे कांग्रेस कमजोर हुन्छ : विनोद चौधरी
अहिले पार्टीभित्रको लडाइ कसले टिकट बाँड्ने भन्दा पनि कस्तालाई बाँड्ने भन्ने हुनुपर्ने उनको भनाइ छ ।‘अहिलेको लडाइ समस्या टिकट कसले बाँड्ने भन्ने हो । तर प्रश्न टिकट बाँड्ने भन्ने होइन । आउने दिनमा कस्तालाई टिकट दिने भन्ने हो । जित्नेलाई कसरी टिकट दिने भन्ने संवादको विषय हो,’ चौधरीले भने, ‘तीनवटै दललाई रिजेक्ट गरिएको बेलामा हामी चुनावमा जाँदैछौं । हामीसँग नराम्रा मात्रै छैनन् । त्याग गरेका इमानदार नेता पनि छन् । तर यी पार्टीको हातबाट देश र हाम्रो कल्याण छैन भन्ने म्यासेज गएको छ । यस्तोमा हाम्रो रणनीति के हो ?’पढेलेखेका केही गरेकालाई अरू दलले भित्र्याएको भन्दै उनले कांग्रेस अलमलिएको बताए ।
‘कांग्रेसलाई अब आउने दिनमा रूपान्तरित पार्टीको रूपमा हेर्न चाहन्छु । कांग्रेस जाग्यो भन्ने रूपमा देखाउनुपर्छ । उद्योगी, व्यापारी, विभिन्न पेशाबाट आएकाले पार्टी खोल्दैछन् । हामी कहाँ पुग्दैछौं ?,’ चौधरीले भने, ‘हामी जेनजीलाई समेट्न तयार छौं ?जेनजी आन्दोलनका क्रममा बाहिरका अपराधीले राज्यभर आतंक मच्चाएको उनले बताए । केही पार्टीका, केही गुण्डाहरूले समेत सकारी सम्पत्ति, उद्योगी, व्यापारी नेताको निजी घरसहितको विध्वंस गरेको उनको भनाइ छ ।

